एमाले युवा संघले बाड्यो विद्यार्थीलाई शैक्षिक सामाग्री

 बुटवल, असार १८ गते । राष्ट्रिय युवा सघं नेपाल रुपन्देहीले मदन जयन्तीको अवसरमा गैडहवा गाउं पालिकाको वडा न १ मा रहेको मदरसा मदिन तुलवमुका गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

मदन जयन्तीको अबसरमा साप्ताहिक कार्यक्रम अन्र्तरगत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको राष्टिय युवा सघ रुपन्दही उपाध्यक्ष दिपक खडगीले बताए । पछाडी परेका र अल्पसंख्यक ४० जना विद्यार्र्थीलाई एक वर्ष पुग्ने शैक्षिक सामाग्री वितरण गरिएको उनले जानकारी गराए ।

कार्यक्रममा बोल्द राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य बुद्वि थापाले मदन जयन्ती अवसरमा रुपन्देही युवा संघले सामाजिक क्षेत्रमा बिभिन्न खालका कार्यक्रम गरेर देशभर राम्रो सन्देश दिएको बताए ।

गरिब तथा जेहेन्दार विद्यार्थीका लागि सानो सहयोगले पनि ठुलो राहत पुग्ने उनले बताए । कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य मनोज गौचन ,केन्द्रीय सदस्य कल्पना पाडे मगर ,जिल्ला उपाध्यक्ष दिपक खड्की, जिल्ला कोषाध्यक्ष नारायण थापा, नेकपा एमाले जिल्ला तथा क्षेत्र नम्बर पांचका सचिव भरतमणि सापकोटालगायतले मन्तव्य राखेका थिए ।
कमल परियारको अध्यक्षयता, समुन घिमिरेको सन्चालन र सुमन पन्तको स्वागतमा कार्यक्रम भएको थियो ।