अक्सफोर्ड माविमा अभिभावक र विद्यार्थीलाई स्वागत, सम्मान

     बुटवल, असार २३ गते । बुटवलमा सञ्चालित शैक्षिक संस्था अक्सफोर्ड माध्यामिक विद्यालयले एसइइ परीक्षा २०८९ को परीक्षामा सफल विद्यार्थी र अभिभावकका लागि बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षता, विद्यालयका प्राचार्य दिनेश भुसाल,अक्सफोर्ड क्याम्पसका क्याम्पस प्रमुख मनोज मरासिनी, प्राध्यापक सुमन भुसाल, ब्यवस्थापन समिति सदस्य थानेश्वर भण्डारी, ललित खरेल, गोविन्द गौतम लगायतको आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा एसइइ परीक्षा २०७९ मा सम्मिलित भइ ३.९५ जीपिएसहित रूपन्देहीमा उत्कृष्ट हुने विद्यार्थीलाई अबिर तथा खादा लगाएर सम्मान गरिएको थियो ।

    बधाई तथा सम्मान कार्यक्रम बोल्दै विद्यालयका प्राचार्य दिनेश भुसालले अक्सफोर्ड माविले संस्कार सहितको शिक्षा दिने र दिंदै आएको बताउंदै हरेक नतिजामा अब्बल रहेको हुदा विद्यार्थीको चाप बढेको बताए । अबको २, ३ दिनमा भर्ना सकिने प्राचार्य दिनेश भुसालले बताए ।

कार्यक्रममा बोल्दै प्राध्यापक सुमन भुसालले एसइइ परीक्षामा सफल हुने सम्पूर्ण विद्यार्थीलाई बधाई दिदै अक्सफोर्ड माविले विगतमा गरेका शैक्षिक कामहरूको चर्चा गर्दै विद्यालयमा भर्ना हुने विद्यार्थीको चाप बढेको हुंदा समयमै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्न सम्पूर्ण विद्यार्थीलाई आग्रह गरे ।

क्याम्पस प्रमुख मनोज मरासिनीले विद्यार्थीलाई बधाई दिदै अक्सफोर्ड मावि जस्तै पटकपटक विभिन्न रिजल्टमा कलेज पनि नेपाल प्रथम भएको स्मरण गराउंदै स्नातक तहको शिक्षाको लागि बाहिर जान नपर्ने बताए ।

उक्त सम्मान कार्यक्रममा उपस्थित अधिकांश अभिभावक तथा विद्यार्थीले कक्षा ११÷१२ को प्रमुख गन्तव्य अक्सफोर्ड नै रहेको बताए ।
हाल अक्सफोर्डमा कक्षा ११÷१२ मा १७५० विद्यार्थी रहेका छन्। कक्षा ११ को स्कलरसिप परीक्षा असार २७ गते हुने बिहानी इन्चार्ज प्राध्यापक नारायण सापकोटाले जानकारी गराए ।