पेट्रोलियम व्यवसायिका लागि लेखा तथा सफ्टवेयर प्रशिक्षण

बुटवल, असार २३ गते । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियशनले व्यवसायीहरुलाई लेखा तथा सफ्टवेयर सम्बन्धि प्रशिक्षण दिएको छ ।
एशोसियशनले शुक्रबार बुटवलमा कार्यक्रमको आयोजनागरी प्रशिक्षण दिएको हो । समयको माग अनुसार व्यवसायिलाई प्रविधिमैत्री तथा प्रविधिको प्रयोगमा दक्ष बनाउने उद्वेश्यले प्रििशक्षण दिइएको हो ।

प्रशिक्षण कार्यक्रममा बोल्दै तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष तथा एशोसियशनका पूर्व सल्लाहकार गुणनीधि भण्डारीले प्रशिक्षणले सदस्य व्यवसायीहरुलाई दक्ष बनाउने र नयां कुरा सिकाउने बताए । तालिम तथा प्रशिक्षणमा सिकेका सीपलाई व्यवहारमा ल्याएर वयवसायिक दक्षता हासिल गर्न आग्रह गर्दै उनले भने – लेखा विधि नजानेका कारण भईरहेका आर्थिक लसलाई सुधार गर्न सहयोग पुग्ने छ ।

राम्रो काम गर्दा गर्दै पनि आफ्नो हिसाव राख्न नजानेकै कारण कतिवेला थुनिनु पर्ने हो भन्ने चिन्ता व्यवसायिमा रहेको बताउँदै अध्यक्ष भण्डारीले भने – बैंकको चर्को व्याजदरका कारण व्यवसायी ठूलो मारमा परेका छन् । सरकार अभिावक भएकाले सरकारले यसको निकास दिनुपर्ने उनलको भनाइ छ ।

एशोसियशनका अध्यक्ष हिमाल गैरेले व्यवसायिको हित र व्यवसायी तथा प्रतिष्ठानमा कामगर्ने कर्मचारीलाई दक्ष बनाउने एशोसियशनको उद्देश्य रहेको बताए ।
व्यवसायीले हिसाब राख्न नजानेका कारण व्यवासायमा धेरै समस्या आउने गरेकाले व्यवासायीहरुले राखेको लेखाको सफ्टवयर पनि सञ्चालन गर्न समस्या भएकाले व्यवसायिलाई दक्ष बनाउन प्रशिक्षण्को आयोजना गरिएको अध्यक्ष हिमाल गैरेले बताए ।
उनले व्यवसायिलाई दक्ष र प्रविधिको सीप सिकाउनका लागि एशोसियशन यस प्रकार कार्यक्रमहरु आगमी दिनमा पनि सञ्चालन गर्ने प्रतिबद्दता जनाए ।

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियशनका अध्यक्ष हिमाल गैरेको अध्यक्षता, महासचिव हरिराम कसौधनको सञ्चालन र द्वितीय उपाध्यक्ष गोपालप्रसाद बस्यालको स्वागतमा कार्यक्रम भएको थियो ।

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियशनमा ३ सय बढी व्यवसायी आवद्द छन् । आफ्ना व्यवसायीको हितमा एशोसियशनले विभिन्न विषयमा बेला– बेला प्रशिक्षण र तालिम दिने गरेको छ ।