देश दौडाहामा हिडेको बगान चलचित्रको टिम बुटवलमा

 बुटवल, असार २४ गते । देश दौडाहामा व्यस्त नेपाली फिल्म बगानको टिमले बुटवलमा आएर दर्शक तथा पत्रकार भेटघाट गरेको छ। ३० बर्ष अघि सारंगी फिल्ल्म्का लागि आएको बिगत सम्झिदै अभिनेता तथा बगानका निर्देशक सरोज खनालले फिल्मले समाजको यथार्थ चित्रण गरेको बताए। समस्यासंग जुध्न र समाधानका लागि समाजलाई एउटा बाटो देखाउन फिल्मले एकल महिलाहरुको कथा बोल्ने बताए।

फिल्म हलमा एकल महिला तथा बिधवाहरुलाई निशुल्क हेर्ने व्यवस्था गरेको बताउदै निर्देशक खनालले हरेक महिलाको हकअधिकार चाहनाको पक्षमा समाज हिड्न नसक्दा यस्तो कथा जन्मिएको बताए। चलचित्र पत्रकार संघ रुपन्देहीले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै खनाले सो कुरा बताएका हुन्।
सो अवसरमा बोल्दै अभिनेत्री करिश्मा मानन्धरले फिल्म बगानले एकल नारीको अधिकार, समस्या चुनौतीबीच समाधान खोजेकाले सबै दर्शकले एकपटक हेर्ने पर्ने चलचित्र बनेको बताइन।
कथा मनपरेका कारण फिल्ममा आबद्ध भएको जानकारी गराउदै अभिनेत्री मानन्धरले भनिन् – समाजका कुरिती र कुसंस्कृति बिरुद्धको आवाज बगान हो । आफ्नो पहिलो फिल्म भएपनि यस क्षेत्रमा पहिल्यैदेखि रुचि रहेको र बगानले आफ्नो करिअर अगाडी बढाउने नवनायिका प्रमिला पोखरेलले बताईन। बगानको कथामा हरेक नारी आमा छोरी बुहारीको कथापाइने बताउदै नायिकाकार्कीले हरेक समाजमाभएको व्याप्त नारीको बेदनालाई टपक्क टिपेर कथाबुनिएको बताएकी छिन।

मोफसलयात्रालाई अघि बढाएको बगान टिम शनिबार आज चितवनको कार्यक्रम सकेर बुटवल हुँदै आइतबार भैरहवा र पोखरा र त्यसपछि काठमान्डौ जानेछ। ‘बगान’मानिर्देशक खनाल र करिश्मासँगै नीर शाह, बसुन्धरा भुषाल, मिथिलाशर्मा, प्रमिलाकार्की, आकाशश्रेष्ठ लगायतकाकलाकारले अभिनय गरेका छन् ।

गीतकार सुरेश वाग्लेको निर्माण तथा स्वप्निलनीरवको कथामातयार भएको चलचित्रमागौरीशंकर धुजुले छायांकन निर्देशन, उत्सवदाहाल र नारायण जिसीले छायांकन, सन्देश शाहले सम्पादन, समिर मियाँले भि.एफ.एक्स. तथा रेनिशफागोले रंग संयोजन गरेका छन्। प्रदर्शनकालागिचलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौं उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दैछ ।