रुपन्देहीको देवदह र सैनामैनामा कक्षा ११, १२ को बिहानको पढाई रोकियो

बुटवल, साउन २ गते । रुपन्देहीको देवदह र सैनामैनामा कक्षा ११ र १२ को बिहानमा हुने पढाई रोकिएको छ । यसै शैक्षिक सत्रदेखि देवदह नगरपालिका र सैनामैना नगरपालिकाले कक्षा ११ र १२ को विहानी कक्षा सञ्चालनमा रोक लगाएका छन् ।

शैक्षिक सत्रदेखि कक्षा ११ र १२ को पढाई दुवै नगरपालिका भित्रका स्कुलहरुमा दिउंसोमा पढाई हुन थालेको छ । सरकारले कक्षा ८ सम्म आधारभूत र कक्षा ११ र १२ लाई माध्यमिक तहमा राखेकाले देवदह र सैनामैना नगरपालिकाले बिहानमा हुने कक्षा ११ र १२ को पढाई रोकेका हुन् ।

कक्षा ११ र १२ को पढाई विहानमा हुंदा विद्यार्थीका लागि कक्षाको समय कम हुने भएकाले रोकिएको देवदह नगरपालिकाका नगर प्रमुख धुर्व खरेलले बताए ।
देवदहका सबै माध्यमिक तहका स्कुलहरुलाई कक्षा ११ र १२ को कक्षा विहानमा चलाउन रोकेर परीक्षा नियन्त्रण कार्यालयलाई रजिष्टेशन नर्गदिन लिखित रुपमा परिपत्र गरिएको नगर प्रमुख खरेलले बताए । सरकारी र नीजि क्षेत्रका माध्यमिक स्कुलहरुले पहिले कक्षा ११ र १२ का विद्यार्थीलाई विहानमा पनि पढाउंदै आएका थिए । त्यसलाई अहिले पूर्णरपमा रोकिएको नगरप्रमुख खरेलले बताए ।

शिक्षामा नीतिगत त्रुटी भएकाले नगरपालिकाले त्यसका विरुद्व खबरदारी गरेपनि नपुगेको र मिडियाले बाहिर ल्याउनु पर्ने नगर प्रमुख धुर्व खरेलले बताए ।
देदवह नगरपालिकाले कक्षा १ देखि ८ कक्षासम्म स्थानीय पाठ्यक्रम लागु गरेको छ ।