शान्ति नमुनामा विद्यार्थीलाई अभिमुखिकरण

तिलोत्तमा, साउन ३ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा आज मंगलबार विद्यार्थीलाई अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
कक्षा ११ मा भर्ना भएका करिव ११ सय विद्यार्थीहरुलाई दुई चरणमा कार्यक्रम गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा ११ र १२ का संयोजक राजेन्द्र के.सी., कानुन विषय संयोजक तुल्सीराम ढकाल, प्राविधिक धारतर्फका संयोजक भीम पाण्डे, एचएम विषय संयोजक ओम खत्रीले विद्यार्थीहरुलाई सम्बन्धि विषय र सो क्षेत्रका अवसरका सम्बन्धमा जानकारी गराएका थिए ।

कक्षा ११ तथा डिएचएमका संयोजक भोजराज वस्तीको स्वागत तथा शिक्षक दिनेश खड्काको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा व्यस्थापन, शिक्षा र कानुन विषयमा अध्ययनरत विद्यार्थीको सहभागिता रहेको थियो । यस्तै, विज्ञान विषयमा भर्ना भएका विद्यार्थीका लागि दोस्रो चरणमा अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

सहायक–प्रधानाध्यापक किशोर कुमार खनालको अध्यक्षतामा भएको कार्यक्रममा विज्ञान विषय संयोजक लिलाबल्लभ पाण्डेले विज्ञान विषयका अवसरका क्षेत्रहरु बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले हजारौ विद्यार्थीहरुको शैक्षिक सहयात्री बनेर सक्षम र नैतिकवान नागरिक उत्पादनमा विद्यालय परिवार लागि पर्ने बताए । कार्यक्रमको सहजिकरण शिक्षक दिग्विजय अधिकारीले गरेका थिए ।