बुटवलको दीप बोर्डिङमा प्रविधिमैत्री परीक्षा

बुटवल, साउन ५ गते । बुटवलको दीप बोर्डिङ हाई स्कुलले प्रविधिमैत्री परीक्षाको प्रयोग गरेको छ । विद्यालयले प्रथम त्रैमासिक परीक्षा अन्तर्गत कक्षा ९ का विद्यार्थीको कम्प्युटर विषयको परीक्षा पेपरलेस अर्र्थात् निश्चित समयभित्र शिक्षकको निगरानीमा विद्यार्थीलाई कम्प्युटरमै प्रश्नको उत्तर दिन लगाई प्रविधिमैत्री परीक्षा सञ्चालन गरेको हो । प्रविधिमैत्री परीक्षामा विद्यार्थीलाई वस्तुगत र विषयगत गरी दुई प्रकारका प्रश्न सोधिएको थियो ।

विद्यालयले परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन परीक्षा हलमा सुपेरीवेक्षकसहित सिसी क्यामेराबाट निगरानी गरेको थियो । विद्यार्थीलाई व्यवहारिक र वास्तविक प्रविधिमैत्री बनाउन पेपरलेस अर्थात् उत्तर पुस्तिका बिना प्रविधिमैत्री परीक्षा सञ्चालन गरिएको विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले बताए । प्रविधिमैत्री परीक्षालाई वयवस्थित गरी अन्य विषयहरुको पनि प्रविधिमैत्री परीक्षा गरिने प्राचार्य न्यौपानले नयां दिशालाइ बताए ।

सधै कापीका पानामा परीक्षा दिइरहेको अवस्थामा कम्प्युटरमै टाइप गरेर परीक्षा दिन पाउंदा नौलो नयां अनुभूति भएको विद्यार्थी एरिजोना भुसालले बताए ।
परीक्षालाई प्रविधिमैत्री तरिकाले सञ्चालन गर्न पाउंदा नयंँ उत्साह थपिएको विद्यालयका कम्प्युटर विषय प्रमुख एकराज गुरागाईंले बताए ।

परीक्षामा कक्षा ९ का १ सय ५० जना विद्यार्थीको सहभागीता रहेको शिक्षक पुरुषोतम पाण्डेले जानकारी गराएका छन् ।