प्रजातन्त्रवादी प्राध्यापक संघले मनायो बीपी स्मृति दिवस

काठमाण्डौ, असार ८ गते । बीपी स्मृति दिवसको अवसरमा साउन ७ गते प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल केन्द्रीय क्याम्पस कीर्तिपुर एकाइले नेपाली कांगे्रसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको आतिथ्यतामा – प्रजातान्त्रिक समाजवाद राष्ट्रनिर्माणको आधार– विषयमा अन्तरक्रिया कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि कृष्णप्रसाद सिटौलाले जनताको निराशालाई सम्बोधन गर्न नेपाली कांग्रेसले आर्थिक र शैक्षिक नीति कार्यान्वयनमा प्राध्यापक एवं विज्ञको छलफलबाट आएको निष्कर्षको आधारमा पुनरावलोकन गर्नुपर्ने बताए ।संविधानमा मौलिक हकको रूपमा राखेका प्रावधानहरु बीपी. को समाजवादसंग नजिक रहेपनि कार्यान्वयन नभएकाले अब नयां ढंगले अघि बढ्नुपर्ने बताए ।

सो कार्यक्रममा प्राडा ओम शर्माले बीपीको सैद्धान्तिक र व्यावहारिक पक्षमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले आर्थिक नीति निर्माताले बीपीलाई अँगाल्नुपर्ने तथ्यगत आधार प्ररेका छन् । विशिष्ट अतिथि केन्द्रीय अध्यक्ष जगत तिमिल्सिनाले शिक्षा क्षेत्रलाई सरकारले प्राथमिकतामा पार्नु पर्नेमा जोड दिए । त्यस्तै सचिब डा. विष्णु पोखरेलले शिक्षामा राज्यले यथोचित ध्यान नदिंदा विदेश पलायन बढेको र प्राध्यापकहरुलाई विचारमा बन्देज लगाउंदा लोकतान्त्रिक व्यवस्था कसरी बलियो हुन सक्छ भनी प्रश्न गरेका छन् ।
स्ववियु सभापति श्याम ओझाले शैक्षिक अवस्था सुधारमा जोड दिए । प्राडा खुम नारायण पौडेल र डा दिपेश घिमिरेले वैचारिक धरातल कमजोर भयो भने संगठन कमजोर हुने तर्क गरे ।
गोपी कार्कीको अध्यक्षता, लक्ष्मी खड्काको स्वागत र दिपेन्द्र ढकालको सञ्चालनमा उक्त कायृक्रम द्वन्द्व, शान्ति र विकास अध्यन विभागमा भएको थियो ।