रोटरी लुम्बिनी स्टार्सको ९० औ नियमित बैठक

 

 

बुटवल । रोटरी क्लब अफÞ लुम्बिनी स्टार्सको ९० औ नियमित बैठक बुटवलमा सम्पन्न भयो ।
बैठकले क्लबको संयुक्त पदस्थापन कार्यक्रम आगामी श्रावण २८ गते गर्ने निर्णय गरेको छ, त्यसका लागि रोटरियन निरज पाण्डेलाई संयोजकको जिम्मेवारी दिइएको छ । त्यसैगरि आगामी शुक्रवार क्लबले बुटवल आसपासको क्षेत्रमा वृक्षारोपण गर्ने निर्णय गर्दै कार्यक्रमका लागि रोटरियन बालाकृष्ण पोखेरललाई संयोजक तोकिएको छ ।


संस्थाका संस्थापक अध्यक्ष रो। यादवप्रसाद भण्डारीको प्रमुख आतित्यथामा भएको कार्यक्रममा पूर्व अध्यक्षहरु बालकृष्ण पाण्डे, सुमन बस्याल, निर्वतमान अध्यक्ष मुक्तिराम पन्थी, क्लब अफÞ लुम्बिनी स्टार्सका अध्यक्ष जया भण्डारी लगायतको सहभागिता रहेको थियो ।
रोटरीयन धु्रवप्रसाद कोइरालाको अध्यक्षता, रो। विमल ढकालको संचालन, रो। सुमन बस्यालको स्वागत तथा मोहन न्यौपानेको धन्यवादमा कार्यक्रम सम्पन्न भएको थियो ।