सैनामैना मेमोरियल स्कुल ३.९५ जिपिएसहित रुपन्देही प्रथम – पोखरेल भए जिल्ला प्रथम

बुटवल, साउन १० गते । सैनामैना नगरपालिकाको वार्ड नम्बर १ स्थित सैनामैना मेमोरियल स्कुलबाट माद्यामिक शिक्षा परीक्षा–२०७९ मा सहभागि भएका अमित पोख्रेल ३.९५ जि .पि.ए.सहित रुपन्देही प्रथम बन्न सफल भएका छन। गत असार २२ गते प्रकाशित नतिजाबाट तिब्र असन्तुष्ठ रहेका उनी र विद्यालयले पुनर्योगका लागि परीक्षा नियन्त्रण कार्यालयमा निवेदन दिएका थिए।

परीक्षा नियन्त्रण कार्यालयले बुधबार प्रकाशन गरेको पुनर्योग तर्फको पहिलो लटको नतिजामा उनको अङ्ग्रेजी विषयमा पहिले रहेको ग्रेड वृद्धि भइ द्ध जि.पि.ए. बनेसंगै उनको जि.पि.ए. ३.९५ कायम रहन पुगेको विद्यालयका प्राचार्य जे.बि.क्षेत्रीले जानकारी गराएका छन् । अतिरिक्त क्रियाकलाप तर्फ अन्तराष्ट्रिय अवार्ड बिजेता विद्यालय अब्बल शैक्षिक नतिजाका लागि समेत निरन्तर क्रियाशिल रहदै आएको विद्यालय हो।

वि. स. २०७४ पहिलोपल्ट नेशनल प्याब्सन तर्फ जिल्ला प्रथम बनेको विद्यालयले यसपटकपनि जिल्लाकै अब्बल नतिजा दोहोर्याउन सफल हुनुमा विद्यालयमा शिक्षणरत शिक्षकहरुको मेहनेतका साथै विद्यार्थी स्वयम र अभिभावक समेतको त्रि–पक्षिय तालमेलले भूमिका खेलेको समेत प्राचार्य जे.बि. क्षेत्रीले बताए ।
सैनामैना मेमोरियलको नतिजा परिवर्तन भएसंगै रुपन्देहीबाट ३९५ जि.पि.ए.ल्याउने विद्यालयको संख्या ११ पुगेको छ।