होराइजन गौतमबुद्ध माविमा विद्यार्थीलाई स्वागत, प्रकाश सपुत आउने

बुटवल, साउन १० गते । न्यू होराइजन कलेज ,होराइजन गौतमबुद्ध मावि डाइभरटोल रूपन्देहीमा शैक्षिक शत्र २०८०।०८१ का विद्यार्थीका लागि कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गर्ने भएको छ । नयां विदार्थीका लागि साउन १९ गते स्वागत कार्यक्रमको आयोजना गरिएको छ ।

विगत बर्षमा जस्तै कक्षा १२ मा अध्ययनरत विद्यार्थीको आयोजना तथा संस्थाको संयोजनमा स्वागत कार्यक्रमको आयोजना गरिएको संस्थाका प्राचार्य गोपालप्रसाद आचार्यले जानकारी गराएका छन् ।

यस्तै साउन ११ गतेदेखि कक्षा सञ्चालन गर्ने तयारी गरेको, होराइजन गौतमबुद्ध मा.वि डाइभरटोलमा विज्ञान तथा ब्यबस्थापन संकायमा ६७६ जना विद्यार्थी भर्ना भएको कलेजका सहायक क्याम्पस प्रमुख इन्द्र भुसालले जानकारी गराए । एसीसहितको कक्षाकोठा, ल्याबको उचित ब्यवस्थापन गरिएको कलेजमा विभिन्न जिल्लाबाट एसईई परीक्षामा न्एब् ४ ल्याएका विद्यार्थी भर्ना भएका छन्।

प्राध्यापक नारायणप्रसाद पन्थले विद्यार्थीलाई कला, साहित्यप्रति रूची जगाउनको लागि ११ कक्षामा भर्ना भएका विद्यार्थीलाई गरिने स्वागत कार्यक्रममा गायक तथा सर्जक प्रकाश सपुत आउने कार्यक्र तय गरिएको जानकारी गराए ।