लायन्स क्लब तिलोतमा सूर्य मुखीद्दारा वृक्षरोपण

बुटवल, साउन १४ गते । लायन्स क्लब अफ तिलोतमा सूर्य मुखीले वृक्षरोपाण गरेको छ । आइतबार रुपन्देही तिलोतमा नगरपालिका वडा न ३ को आधारभुत स्वास्थ्य केन्द्रमा वृक्षरोपण गरेको हो । स्वच्छ सफा र हरीयाली बनाउने उद्वेश्यले वृक्षरोपण गरिएको लायन्स क्लब अफ तिलोत्तमा सूर्यमुखीकी अध्यक्ष सोनी थापाले बताइन ।

वार्षिक कार्यक्रम अनुसार बिभिन्न प्रजातीका ५० बढी फलफलुलका विरुवा रोपिएको अध्यक्ष थापाले जानकारी गराइन । कार्यक्रम लायन्स डिष्ट्रीक ३२५ पि का प्रथम भाइस गर्भनर लायन्स पुरुसोत्तमभक्त प्रदाङ्घ, लायन्स राधीका भुसाल, क्लवका संस्थापक अध्यक्ष उमाकान्ती खत्री लगायतले बोल्दै विरुवा रोपेपछि संरक्षणमा ध्यान दिन आग्रह गरेका छन् ।
अध्यक्ष सोनी थापाको अध्यक्षता र सचिव महिमा कुवंरको सञ्चालनमा कार्यक्रम भएको हो ।