बुटवलको अक्सफोर्डमा विद्यार्थीलाई स्वागत

बुटवल, साउन १३ गते । बुटवलको अक्सफोर्ड माविले कक्षा ११ का नयां विद्यार्थीलाई स्वागत गरेको छ । कक्षा ११ मा अध्ययन गर्न आएका नयां विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले स्वागत गरेका हुन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षता बुटवल उप– महानगरपालिकाका प्रमुख खेललराज पाण्डेको प्रमुख आतिथ्यतामा स्वागत कार्यक्रम भएको हो । कक्षा ११ को विज्ञान व्यवस्थापन तथा शिक्षाशास्त्र संकायमा भर्ना भएका ८ सय ३५ जना विद्यार्थीलाई टिका तथा खादा लगाएर स्वागत गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका खेलराज पाण्डेले अक्सफोर्ड मावि बुटवलको शिक्षाका योगदान पुराएको बताए । राष्ट्रमै उत्कृष्ट भएर अक्सफोर्ड माविले बुटवलको शिर उचोा राखेको भन्दै संस्थापक तथा प्राध्यापकहरुलाई धन्यवाद ज्ञापन गरे । राष्ट्रिय परीक्षाबोर्ड बुटवलका शाखा प्रमुख बाबुराम भण्डारीले अक्सफोर्ड मा. वि बुटवलले स्थापनाकालदेखि नै उत्कृष्ट रिजल्ट ल्याउदै आएको हुँदा धेरै विद्यार्थी तथा अभिभावहरूको रोजाइमा परेको बताए ।

विद्यालयका प्राचार्य दिनेश भुसाल अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवाली, प्राध्यापक सुमन भुसाल, अक्सफोर्ड कलेजका अध्यक्ष अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, ललित खरेल, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, रिपोर्ट्स क्लब लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्री लगायतको उपस्थिती थियो ।

कार्यक्रममा उत्कृष्ट रिजल्ट ल्याउने विद्यार्थीलाई सम्मान तथा विभिन्न विद्यार्थीहरुका नृत्यहरु प्रस्तुत गरिएको थियो । साथै राष्ट्रिय कलाकार प्रमोद खरेल र एलिना चौहानले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

प्राध्यापक सुमन भुसालको स्वागत, नारायण सापकोटाको स्वागत गीत तथा विद्यार्थीहरू प्रशान्ना के.सी, वसन्त रेग्मी, आस्था रिजाल, प्रितम ज्ञवाली ,सरस्वती खनाल र निष्मा पन्थीको संञ्चालनमा कार्यक्रम भएको हो ।