राष्ट्रिय युवा संघ बुटवलद्दारा ७५ युनिट रगत संकलन

बुटवल, भदौ २ गते । राष्ट्रिय युवा संघ नेपाल बुटबल नगर कमिटिले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ७५ युनिट रगत संकलन गरिएको नगर अध्यक्ष गणेश बोहोराले जानकारी गराए ।

रगतको अभाव हुन नदिने उद्वेश्यले रक्तादन कार्यक्रमको आयोजना गरिएको नगर कमिटि अध्यक्ष गणेश बोहोराले बताए । उक्त रक्तदान कार्यक्रममा बोल्दै नेकपा एमालेका जिल्ला अध्यक्ष तेजेन्द्र केसीले राष्ट्रिय युवा संघ नेपालले बिगतदेखि नै सामजिक क्षेत्रमा महत्वपूर्ण कार्यक्रम गदै आएको बताए । युवाहरु राजनीतिसंगै समाजिक क्षेत्रमा क्रिाशलि शुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य मनोज गौचन, रुपन्देही अध्यक्ष विकासजंग वस्नेत, कल्पना पाण्डे मगर, किरण नेपाल, नेकपा एमाले जिल्ला कमिटि सदस्य नकुल शाही ठकुरी लगायतले मन्तव्य राखेका थिए ।