राजमो लुम्बिनीका कोषाध्यक्ष मातृ शोकमा

बुटवल, भदौ ९ गते । राष्ट्रिय जनमोर्चा लुम्बिनीका कोषाध्यक्ष गणेश गौतम मातृ शोकमा परेका छन् ।राजनीतिक तथा सामाजिक क्षेत्रका अगुवा गणेश गौतमकी आमा यही भदौ ५ गते ८७ वर्षको उमेरमा धनकुमारी गौतमको निधन भएको हो ।

अर्घाखाँची पाणेनी १ सिम्ले राजुपानी निवासी ८७ वर्षीय धनकुमारी गौतमको निवासमै निधन भएको हो । स्व. धनकमारी गौतमका चार भाई छोरा र चार बैनी छोरी छन् । छविलाल गौतम, गणेश गौतम, दधिराम गौतम र धुर्वराज गौतम चार छोरा हुन् । त्यस्तै सीता भुसाल, पार्वती पन्थी, कमला पराजुली र कल्पना भुसाल छोरीहरु हुन् ।

स्व. धनकुमारीको पाल्पा, गुल्मी र स्याङजाको संगमस्थल रिणीमा भदौ ६ गते हिन्दु परम्परा अनुसार अन्तिम दाहासंस्कार गरिएको हो । नयांदिशाका सञ्चालक राष्ट्रिय जनमोर्चाका नेता गणेश गौतम, अखिल नेपाल किसान संघका केन्द्रिय सल्लाहाकारसमेत हुन् ।