सम्झनामा मेरो स्कूल

मोती बहादुर केसी

तीसको दशक सकिंदै थियो
मेरो पुस्ता, मिडिल स्कुलको शुरुवाती कक्षातिर
बांगेसालमा हाई स्कूल स्थापनार्थ
जनताको तिब्र माग बढेको
तत्कालीन समाजसेवीको अग्रसरता
प्रशासनलाई झकझकाउने कार्य जारी ।
यसै अवधिमा अभिभावक, शिक्षक बीच हाईस्कूल खुल्ने गांइगुई चल्दा
म खुसीले गदगद भए
घरको आँटो खाएर
१० सम्म पढ्न पाउने सुनौला अवसर
नजिक नजिक हुंदै थियो ।
मेरो आगामी स्कूल पढाईबारे
मेरो दाईले बेला बेला इंगित गर्नुहुन्थ्यो
पास भए स्कूल, फेल भए लाहुर
दुई भाई संगसंगै छुकछुके रेलैमा
हुन पनि त्यो समयको परिस्थिति
रु. ५ शुल्क तिर्न नसक्ने स्थानियको अवस्था
६–७ कक्षा कनिकुथी पढ्ने
अनि नोकरी खोज्न भारत तिर पस्ने
मेरो मनमा एउटा दृढ सोच आउंथ्यो
अह म जांदिन भारत नोकरी गर्न
म पढ्छु, तेज भएरै, विश्राम नगरी
मेरी आमाको सपना, म एक दिन शिक्षक बन्छु
समय बित्दै, बित्दै जाँदा
हाम्रा गुरु ÷ अभिभावकको योजना
साकार हुँदै हुँदै गएछ
हाईस्कूलको पारिलो किरणले
गाउं बस्ती उज्यालो भो
कक्षा ६ मा पढ्दा हामी भाग्यमानी भयौ
कक्षा ८ शुरू भएको रौनक
हाई स्कूल स्थापनाको सुखद तरंग
रुखमा चीरबिर गर्ने चराहरू
सायद उन्माद भै रमाई राथे
त्यो मंसिर, पौष बाङेसालको पारिलो घाम
अग्रज दाई दीहरुबीच
सरस्वतीको सानो चौर छपक्कै ढाकेर
नयाँ नयाँ गुरु संग पढ्न पाउंदा
हामी कम्ता फुरुङ थिएनौं
कम्ता दङ थिएनौं, हाम्रो स्कूल, हाइ स्कूल
नयाँ खबर ÷ सूचना जारी गर्न
प्रार्थना पश्चात गोडाफाटको निर्देशन भो
खलंगाको महेन्द्र माबिबाट
प्रअको कार्यभरमा वासुदेव सरको आगमन
हामी परर ताली पिटेर स्वागत गरेऊ
सोचे अब हामी पूर्णभयौ हेड सर पाएर
संयोगको हाम्रो सौभाग्य हो वहां
खारिएको व्यवस्थापकिय क्षमता
बहु आयामिक प्रतिभा
उहांको नृत्यले हामी रल्लीन्थियौ
वाद्यवादनमा झुमथेम
खेलकुदले तरंगित हुन्थेम
हरेक पक्षमा बेजोड प्रस्तुति
उहाँको कुशल नेतृत्व पाएर
शुरुवाती कठिन दिनमा पनि विद्यालय रुकेन्
नतिजा सधैं सफल रह्यो
सरस्वती स्कूललाई दिलमा राखेर
गुरू÷गुरुमा हामी अघि बढेम
त्यो अभावका बीच
त्यो विपन्नताको बीच
हामीले तिरेको शुल्क, स्कूलको आम्दानीले
तलब खान नपुग्ने अवस्था
मेरा आदरणीय सर, मेडमहरुले
भरथेग गर्दै, गर्दै
लौरो टेकाई टेकाइ चौतारीमा प्राणवायु दिएर
गन्तव्य तर्फ डोराउँदै, डोराउंदैै
लामो अवधि शिक्षाको ज्योति जग्मगाई
कला कौशल अनि जीवनको ऊर्जा
सरस्वती मा. बि. बांगेसालमा सिञ्चित गर्नु भो
नमन् छ मेरो हेड सर
नमन् छ सम्पूर्ण प्यारा सर÷ मेडमहरु
हजुरको प्रेरणा अपार छ
अमूल्य योगदानले धरती आकाश
उज्यालो छ, शितल छ
सानो चौरबाट धेरै ठूलो चौरमा सरेको स्कूल
तीन तिर ठूलो जंगल एक तिर राप्ती
चौरको डिलबाट तलतिर नियाल्दा
राप्ती नदी सुसाउने, बर्खामा बगर ढपक्कै हुने
माथि तिर हंसपुरको डाँडा तेर्सिएको
सुख्खा याममा पाखाको मुहान सुक्थे
अहिले खाजा समय भन्छन
हामीले हाफ छुट्टी भन्थेम
त्यही छुट्टीमा पानी पिउन
खोला मै पुगिन्थ्यो, घैटो बोकेर
जामुन, आँप खान कालीबन
थाकल खान वनजंगल
शुक्रबार कक्षा कोठा सरसफाई कार्य
केटाहरु गोबर, पानी जुटाउने जिम्मा
केटीहरु लिपपोत गर्ने
सकिए पछि शुक्रबारे कार्यक्रम
घर फर्कदा दर्भान, ददेरीका रमाइला साथीहरु
ऋतु अनुसारको क्रियाकलाप
ढाडखोलि चौरमा डन्डीबियो
पौडी आदि, इत्यादि
१.५ घण्टा हिँडेर बल्ल घर
संघर्षपूर्ण थें स्कुले दिनहरू, आहा पनि
मेरा प्यारा साथी भाईहरूमा मिठो सम्झना
जय गुरुदेव, जय सरस्वती स्कूल, बांगेसाल, प्युठान
मोती बहादुर केसी.
चन्द्रौटा, कपिलवस्तु
२०८०÷०५÷१०