एक लाख विद्यार्थीको दाँत परिक्षण, महाअभियानको सुरुवात

बुटवल, १२ भदौं गते । रोटरी क्लब अफलुम्बिनी स्टार्सले स्कूल स्तरिय स्वाश्थ्य, दाँततथामुख परिक्षण कार्यक्रमअन्तरगत १ लाखविद्यार्थीको दाँत परिक्षण महाअभियान सुरुवात गरेको छ ।
महाअभियानअन्तरगतविद्यार्थीहरुको मुख स्वाश्थ्यलाई ध्यानमा राखेर लुम्बिनीप्रदेशका सरकारी स्कूलहरुमादन्तशिवीर सञ्चालनगरि १ लाखविद्यार्थीहरुको दाँत परिक्षण गर्ने जनाइएको छ । आधुनिक समाज डेण्टल केयर प्रा.लि., बुटवल ८ को प्राविधिक सहयोगमाहुने सो महाअभियानको सोमवार बुटवल वडा नं. ८ स्थित श्री सिद्धेश्वर लालकुमारी माध्यामिकविद्यालयमा एक कार्यक्रमको रोटरी क्लब ३२९२ का डिष्टिक गर्भनर राजेन्द्र प्रसाद ध्वजूले सुभारम्भ गर्नु भएको छ ।

सो अवसरमाबोल्दै डिजी ध्वजुले बालबालिकाको जिवनलाई सहज र सरल बनाउदै उनीहरुको स्वाश्थ्यलाई ध्यानदिएर थालिएको महाअभियानले समाजमा सकारात्मक सन्देश प्रवाहागर्ने विश्वास व्यक्तगर्नु भयो । उहाले हाम्राअभिभावकहरुले बच्चाहरुको स्वाश्थ्यमाकमै ध्यानदिने गरेको त्यसमापनिदाँतको उपचारमा हेलच्यक्राई धेरै हुने गरेको हुदात्यसलाई सचेतनाअभियानका रुपमा अगाडी बढाउनु पर्ने कुरामाजोड दिनु भयो ।

कार्यक्रममा रोटरी क्लबअफ सेन्टरलकाअध्यक्ष गणेश प्रसाद अधिकारीले समाजविकासकालागि स्कूलस्तरबाट नै सबै कुराको ज्ञान र सचेतनाजगानु जरुरी भएको उल्लेख गर्दै यस महाअभियानले बच्चाहरुलाई प्रेरणा प्रदानगर्ने विश्वास व्यक्तगर्नु भयो ।

रोटरी क्लबअफलुम्बिनी स्टार्सका संस्थापकअध्यक्षयादव प्रसाद भण्डारीले आफ्नो बाल्यकालको स्मरण गर्दै दाँतको उपचारलाई हेलचेक्र्याई गर्न हुदैन भन्ने महसुस भएर विद्यालय स्तरबाट अभियानथालेको बताउदै त्यसमाअभिभावकहरुलाई सहभागीहुने आग्रहगर्नु भयो ।

रोटरी क्लबअफलुम्बिनी स्टार्सवर्ष २०२३÷२४ का अध्यक्ष ध्रुव कोइरालाको अध्यक्षता, सचिवविमल ढकालको सञ्चालनतथाशिवीरको सहयोगी संस्थाआधुनिक समाज डेण्टल केयर प्रा.लि., बुटवल ८ का सञ्चालक अमृत भुसालको स्वागतमाभएको कार्यक्रममा रोट्याकक्लबअफलुम्बिनी स्टार्सका अध्यक्षजया भण्डारी,सिद्धेश्वर लालकुमारी माध्यामिकविद्यालयका सहप्राचार्य दिपकपौडेल लगायतबोल्नु भएको थियो ।