बाल दिवसमा अनाथ बालबालिकालाइ शैक्षिक सामाग्री वितरण

बुटवल, भदौ २९ गते । मानव कल्याण मित्र मञ्च नेपालले बालवालिकालाइ शैक्षिक सामाग्री बाडेको छ । बालबालिका र महिलाको क्षेत्रमा काम गर्दै आएको मानव कल्याण मित्र मञ्च नेपालले ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा अनाथ बालबालिकालाइ शैक्षिक सामाग्री वितरण गर्नुका साथै खाना खुवाएको हो ।
रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर १५ मा रहेको नेपाल अविनास अनाथ आश्रमका बालबालिकालाइ मित्र मञ्च नेपालले शैक्षिक सामाग्री वितरणसंगै बालबालिकालाइ विभिन्न खेल खेलाएर उतकृष्ट हुनेलाइ पुरस्कृत गरेको छ ।

 


मानव कल्याण मित्र मञ्च नेपालका अध्यक्ष दुर्गाप्रसाद अर्यालले अविनास अनाथ आश्रमका १९ जना बालबालिकाको शिक्षामा मनोवल बढाउन शैक्षिक सामाग्री वितरण गरी खाना खुवाइएको र खेलमा उत्कृष्टलाइ पुरस्कृति गरिएको बताए ।

नेपाल अविनास अनाथ आश्रमका सञ्चालक कृष्ण ज्ञवालीलले अनाथ बालबालिकालाइ सहयोग गर्न आग्रह गर्दै बाल अधिकार सुनिश्चित गर्ने दायित्व राज्यको भएपनि राज्य आफ्नो कर्तव्यप्रति गम्भीर नभएको बताए ।

रोटरी क्लव अफ मणिग्रामका अध्यक्ष निर्मल बस्यालले अनाथ बालबालिकाको शिक्षा र स्वास्थ्यका लागि सक्दो सहयोग गर्ने प्रतिवद्वता जाहेर गरेका छन् ।
मानव कल्याण मित्र मञ्च नेपालका अध्यक्ष दुर्गाप्रसाद अर्यालको अध्यक्षता, उपसचिव तिर्थराज पौडेलको सञ्चालन र भगवती घिमिरे, तिवारीको स्वागतमा कार्यक्रम भएको हो ।