लुम्बिनी स्टार्सद्वारा २ क्लबसंग भगिनी सम्बन्ध स्थापना

 

भैरहवा ।
रोट्क्रयाक क्लब अफÞ लुम्बिनी स्टार्सले भैरहवामा भएको प्रथम अध्यक्ष र सचिवहरुको (पी.एस मीट) सम्मेलनमा २ ओटा क्लब संग भगिनी सम्बन्ध कायम गर्ने निर्णय गरेको छ । सो क्लबले रोट्क्रयाक क्लब अफÞ बाग्लुङ र रोट्क्रयाक क्लब अफÞ रुद्रमतिसंग सो सम्बन्ध कायम गर्ने पत्रमा हस्ताक्षर गरेको हो ।
लुम्बिनी स्टार्स क्लबका अध्यक्ष जय भण्डारी, संस्थापक अध्यक्ष बिमल ढकाल र पूर्व अध्यक्ष मुक्ति भण्डारी र रोट्क्रयाक क्लब अफÞ बाग्लुङ तथा रोट्क्रयाक क्लब अफÞ रुद्रमतिका अध्यक्ष सुस्मिता के.सी र सिर्जना पोखेरलवीच संयुक्त रूपमा हस्ताक्षर गरिएको जनाइएको छ । सो अवसरमा रोटरीका डिडीआर रोशन कार्की र डिडीआर इलेक्ट बिक्रम छेत्रीसहित ३ वटै क्लबका सदस्यहरुको उपस्थति रहेको थियो ।


त्यस अवसरमा रोट्क्रयाक क्लब अफÞ लुम्बिनी स्टार्सका जया भण्डारीले आगामी दिनमा निरन्तर रूपमा दुई क्लबसंग मिलेंर रोटरी अभियान र युवाहरुको क्षमता विकासमा काम गर्ने प्रतिबद्धता व्यक्त गरीन । क्लबका संस्थापक अध्यक्ष बिमल ढकालले क्लबले गरेको भगिनी सम्बन्धलाई प्रत्येक बर्ष निरन्तरता दिने र क्लबहरुले अगाड़ी सरेका हरेक काममा आफू र क्लबले सधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।


क्लबका पुर्व अध्यक्ष मुक्ति भण्डारीले क्लबले गरेको यो कार्य समाजलाई फलदायी हुने विश्वास व्यक्त गर्दै आफू खÞुशी भएको बताएका थिए ।
रोटरीका डिडीआर रोशन कार्की र डिडीआर इलेक्ट बिक्रम छेत्रीले शुभकमान व्यक्त गर्दै यस प्रकारको कामले रोटरीको सम्बन्ध विस्तारमा धेरै महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा क्लबका नोमिनी अध्यक्ष सरोज पाण्डे, सचिव गÞौरब पाण्डे, कोषाध्यक्ष नारायण अधिकारी, सदस्यहरु बिश्वास घिमिरे, लक्ष्मण कुर्मी, प्रकाश भण्डारी, रीता थापा, सूर्य नेपाली लगायतको सहभागीता रहेको थियो ।