प्याब्सनको लोक नृत्य प्रतियोगिता, कुंवरवर्ती प्रथम, दुर्गा शैक्षिक गृह दोस्रो

बुटवल, असोज ६ गते । प्याब्सन रुपन्देहीले दोस्रो प्याब्सन अन्तर विद्यालय राष्ट्रिय लोक नृत्य प्रतियोगिता आयोजना गरेको छ ।

शुक्रबार तिलोत्तममा सम्पन्न भएको उक्त प्रतियोगितामा प्रतिष्पर्दा गरी तिलोत्तमास्थित कुंवरवर्ती इङलिस् बोर्डिङ स्कूल प्रथम भएको छ । रुपन्देहीका १२ वटा टिमसंग प्रतिष्पर्धा गरेर कुवंरवर्ती स्कुल प्रथम हुन सफल भएको हो । उक्त प्रतिष्पर्दाबाट रुपन्देहीको अमुवामा सञ्चालित दुर्गा शैक्षिक गृह स्कुल दोसरुो भएको छ ।
लुम्बिनी बोर्डिङ स्कूल तृतीय र एक्स आर्मी इङलिस् बोर्डिङ स्कूलले सान्त्वना स्थान हासिल गर्न सफल भएको छ । विजेता टिमले क्रमस १५ हजार, १२ हजार, १० हजार र ८ हजार नगद मेडस र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभाका सांसद बासुदेव घिमिरेले शिक्षा विधयेक नीजि विद्यालयमैत्री आउनुपर्ने बताए । विद्यार्थीलाई शिक्षासंगै विभिन्न विद्याका खेल र संस्कार संस्कृतिका प्रतियोगिताहरुमा सहभागि बनाएर विद्यार्थीको क्षमता बाहिर ल्याउनु राम्रो पक्ष भएको सांसद घिमिरेले बताए ।

प्याब्सन रूपन्देहीका अध्यक्ष अनन्तराम शर्माले विद्यार्थीको प्रतिभा प्रस्फूटन र कला संस्कृति संरक्षण गर्न प्रतियोगिता आयोजना गरिएको भन्दै यस्ता रचनात्मक कार्यक्रहरुलाई निरनतरता दिने बताए ।

कार्यक्रममा तिलोत्तमा नगरपालिका शिक्षा शाखा प्रमुख गंगाराम आचार्य, प्याब्सनका केन्द्रीय उपाध्यक्ष विष्णु पन्थी, केन्द्रीय सदस्य खेमेन्द्र राना, केन्द्रीय सचिवालय सदस्य लेखनाथ पौडेल, प्याब्सनका लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डे, प्याब्सन रुपन्देही उपाध्यक्ष एकनारायण काफ्ले अभिभावक संघ रुपन्देहीका पूर्व अध्यक्ष तथा केन्द्रिय सदस्य लोकनाथ ज्ञवाली, पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डे लगायतले बोल्दै आआफ्ना धारण राखेका थिए ।

पालिकाबाट छनौट भएकाहरु जिल्लामा प्रतिष्पर्धा गरेका थिए । जिल्लाबाट विजेताहरु अब प्रदेशमा प्रतिष्पर्धा गर्नेछन् । प्रदेशबाट विजेताले केन्द्रमा प्रष्तिपर्धा गर्नेछन् । कार्यक्रमको सञ्चालन प्याब्सन रुपन्देही सचिव दीपक खनालले सञ्चालन गरेका थिए ।

 

उक्त एक दिने लोक नृत्य प्रतियोगितामा विद्यार्थीले विभिन्न प्रकार संस्कार, भेषभुषासंग जोडिएका मौलिकका खालका गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।