कसरी भएको थियो ? प्रमाणपत्र तह फेजआउट

विमल पोखरेल

प्रमाणपत्र तह फेज आउटका विरुद्ध २०६७ मा संयुक्त विद्यार्थी आन्दोलन चर्किएको थियो । लेखनाथ न्यौपाने, रामकुमारी झाँक्री, प्रदीप पौडेलसहित ११ विद्यार्थी संगठनका नेताहरू अखिल (क्रान्तिकारी)को कार्यालयमा बसेर प्रमाणपत्र तह जुनसुकै हालतमा फेजआउट गर्न नदिने लिखित सहमति भयो । केशरमहलमा रहेको शिक्षा मन्त्रालय गएर लेखनाथ न्यौपाने, रामकुमारी झाँक्री र प्रदीप पौडेलले प्रमाणपत्र तह फेजआउट गर्ने माइन्युटमा त्यही दिन सही धस्काए । हामी महाचकित प¥यौं । अखिल छैठौंका अध्यक्ष दुर्गा शर्माको स्वर बोल्ने क्रममा सानो भएपछि मैले उछिनेर चर्को स्वरमा विरोध गरें र अन्य विद्यार्थी संगठनका नेताहरू पनि चर्को स्वरमा विरोध गरे । शान्त वातावरण उग्र भयो । सरकारी अधिकारीहरू लुक्न गए । हस्ताक्षरकर्ता नेताहरू हामीलाई अलपत्र पारेर फुत्तफुत्त निस्किएर गए ।

अखिल (छैठौं)सहित ८ विद्यार्थी संगठनले तत्काल आपत्ति जनाएर आन्दोलन जारी राख्यौं । मुख्य संगठनका मुख्य नेताहरूले आत्मसमर्पण गरेपछि आन्दोलन निर्णायक हुन सकेन । त्यसपछि कक्षा ११ र १२ को निजीकरण र माफियाकरणले सीमा नाघेको हो । करिब ७ हजारको शिक्षा ७ लाखमा पुग्यो । विदेशीको योजना त्यही थियो । प्लस २ पढ्नेहरू सबै विदेश जान थालेको त्यही दिनको हस्ताक्षरको कारण हो । लेखनाथ, रामकुमारी र प्रदीपहरू विदेशीका एजेन्ट थिए कि थिएनन् थाहा भएन, तर तिनीहरू विदेशीको गोटी सावित भए ।

इतिहासले पनि त्यह पुष्टि ग¥यो । आज लेखनाथ, रामकुमारी र प्रदीप पौडेलहरूले शिक्षाको निजीकरण र माफियाकरणको विरोध गर्ने नैतिक हैसियत राख्दैनन् । विरोधका लागि विरोध गर्न र जनतालाई ढाँट्न सबैलाई छुट छ, ढाँटुन् ।

अहिले शिक्षक आन्दोलन पनि आत्मसमर्पणमा टुङ्गियो । अब तिनीहरूका दुर्दिनहरू सुरु भए । अब सबै शिक्षकहरू राजनीतिक दलका लम्पट कार्यकर्ताका दास भएर बस्नुपर्नेछ । शिक्षकहरूको प्राज्ञिक र पेशागत स्वाभिमान गुमिसक्यो । अब तिनीहरूको हैसियत गुलाम वा दासको रुपमा झ¥यो । हरेक दिन अपमानित हुँदै, विलौना गर्दै, रुँदै बस्दै । नेतृत्वले धोका दियो । सायद शिक्षक नेताहरू संसद वा पालिकाको टिकटमा विक्री भएका हुन सक्छन् । विक्री नभइकन आत्मसमर्पण हुँदैन थियो । “यी दुर्दिनमा जन्मिएर मैले के गर्न सक्थें र ?“ भन्ने गीत लुसुनले त्यसै लेखेका होइन रहेछन् ! गीतको लिङ्क कमेन्टमा दिइएको छ, जसलाई जीवन शर्माले गाएका छन् ।