दशैंको अवसरमा गुल्मीको मदानेमा विविध कार्यक्रम

प्रेमबहादुर थापा क्षेत्री
बुटवल, असोज २१ गते । गुल्मीको मदाने गाउंपालिकास्थित म्यालपोखरीमा दशैंको अवसरमा खुल्ला जुनियर भलिबल तथा बिबिध सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

पुर्कोट न्यू जेनेरेशन युवा क्लवको पांचौं वार्षिकोत्सबको अवसरमा भलिबल तथा बिबिध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको हो । क्लवले स्थपना कालदेखिनै कार्यक्रम आयोजना गर्दै आएको र यश वर्षपनि निरन्तरता दिएको हो ।

 

राष्ट्रको लागि खेलकुंद स्वास्थका लागि खेलकुंद र हामी सबैको एकता, सामाजिक कार्यमा सबैको प्रतिबद्दता भन्ने नाराका साथ कार्यक्रम गर्न लागिएको क्लवका अध्यक्ष चुराबहादुर सेनले जानकारी गराए । मदाने विकासमा पछाडी परेको भएपनि प्राकृतिक तथा सांस्कृतिक रुपमा अब्वल मानिन्छ । स्थानीय तथा क्लवका युवाहरुको सक्रियतामा खुल्ला जुनियर भलिवल तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संमयोजक प्रेम क्षेत्री सागरले जानकारी गराएका छन् ।

 

२०७५ सालामा स्थपना भई निरन्तर समाजसेवा, विकास पर्यटकीय क्षेत्र, प्राकृतिक धार्मिक क्षेत्र संरक्षण गर्नुपर्छ भन्ने आवाज उठाउदै आईरहेको क्लवका अध्यक्ष सेनले बताए ।आउंदो कार्तिक ३ गतेदेखि ५ गते तीन दीनसम्म म दाने गाउंपालिका ४ म्यालपोखरीस्थित पुरमा कार्यक्रम हुने छ ।

 

कार्यक्रममा खुल्ला जुनियर भलिबल प्रतियोगिता, लोकगीत प्रतियोगिता लोकनृत्य प्रतियोगिता, घैटो फोर प्रतियोगिता र स्थानीय कलाकारहरुको प्रस्तुती रहने कार्यक्रम संमयोजक क्षेत्रीले नयांदिशालाइ जानकारी गराएका छन् ।