बुटवलको स्कलर्स होम बोर्डिङमा व्यवहारिक शिक्षा

बुटवल, कार्तिक १ गते । बुटवलको स्कलर्स होम बोर्डिङ सेकेण्डरी स्कुलले विद्यार्थीलाई व्यवहारिक शिक्षा दिंदै आएको छ । स्कलर्स बोर्डिङ स्कुलले व्यवहारिक शिक्षालाई प्राथमिकतामा राखेर सोही अनुसार विद्यार्थीलाई वयवहारिक ज्ञान दिंदै आएको हो ।

दशैंको पूर्व सन्ध्यामा विद्यार्थीलाई चाडको महत्व, वास्तविता र दशैंको कुन दिन के गर्ने भन्नेबारे स्कुलले शिक्षा प्रदान गरेको छ । दशैंको घटस्थापनामा विद्यार्थीले राखेको जमारा प्रयोग गरेर दशैंका दिन कसरी टिका लगाउने भन्नेबारे कार्यक्रमको आयोजना गरी स्कुलले व्यवहारिक ज्ञान सिकाएको हो ।

आफ्नो संस्कार तथा रितिरिवाजबारे जानकार गराउन स्कुलले विद्यार्थीलाई प्रशिक्षण गरेको प्रिन्सिपल बाबुराम बञ्जाडेले जानकारी गराए । ३२ वर्षदेखि अनवरत रुपमा गुणस्तरी व्यवहारिक तथा बैज्ञानिक शिक्षा प्रदा गर्दै आएको स्कुलले अहिलेसम्म हजारौ दक्ष विद्यार्थी उत्पादन गरेको छ । बुटवललाई शैक्षक हवको रुपमा चिनाउने गरी स्कुलले सीपूलम तथा व्यवहारिक शिक्षा दिंदै आएको प्रिन्सिपल बञ्जाडेले बताए ।

२१ औं सताब्धीमा विश्व बजारमा प्रतिष्पर्दा गर्न सक्ने खालका विद्यार्थी उत्पादन गरिएको र अहिलेको अवस्थामा व्यवहारिक शिक्षाको विकल्प नभएकाले स्कलर्स होम बोर्डिङ सेकेण्डरी स्कुलले हरेक विद्यामा व्यवहारिक शिक्षा दिंदै आउको प्रिन्सिपल बञ्जाडेले बताए ।