प्यूठान– रुपन्देही सम्पर्क मञ्चद्दारा बुटवलमा शुभकामना

बुटवल, कार्तिक १ गते । सामाजिक क्षेत्रमा क्रियाशील प्युठान – रुपन्देही सम्पर्क मञ्चले विजया दशामी, दिपावली, छट र नेपाल सम्वत्को अवसरमा शुभकामना आदान– प्रदान कार्यक्रम गरेको छ ।

रुपन्देहीमा स्थायी र अस्थायी रुपमा रुपन्देहीमा बसोवास गर्दै आएका प्यूठानहरुको सहभागितामा सम्पर्क मञ्चले बुधबार बुटवलमा कार्यक्रम गरेको हो ।
उक्त शुभकामना आदान– प्रदान कार्यक्रममा बोल्ने सहभागी वक्ताले देश आर्थिक संकटको परेको बेला दशैं लगायत सबै पर्वहरुलाई खर्चालु बनाउन नहुने बताएका छन् । पर्वहरु मनाउंदा बढी खर्च गरेर अनावश्यक खर्च बढाउने काम नर्गन सबैलाई आग्रह गरिएको छ ।

सोही कार्यक्रममा बोल्दै प्यूठान– रुपन्देही सम्पर्क मञ्चका पूर्व अध्यक्ष लोकराज पोखरेलले सामाजिक संघसस्थाहरु सामाजिक न्यायको क्षेत्रमा केन्द्रित हुनुपर्ने बताए । आपसी भाइचाराको सम्बन्ध बढाएर सबै नेपाली– नेपालीबीच सद्भाव र एकता कायम गर्ने गरी दशैं लगायतका पर्वहरु मनाउनु पर्नेमा बताए ।
कार्यक्रममा मञ्चका संस्थापक सचिव तथा पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेल, मञ्चका सचिव प्रदीप जीसी, सहसचिव डिवी खत्री, सल्लाहकार बुद्विमान थापा, केपी पोखरेल, मुकुन्द पोखरेल, इश्वरचन्द्र पोखरेल, निर्मल जीसी, आरपी पोखरेल, पत्रकार प्रकाश न्यौपाने, शंकर पोखरेल, झिमरुक गाउंपालिका वडा नम्बर २ का पूर्व अध्यक्ष बलदेव एम्सी, मशेह पोखरेल, इन्द्र विश्वकर्मा, वालाराम पौडेललगायतले बोल्दै पर्वसंग जोडिएका हिन्दुहरुका संस्कार, संस्कृतिको संरक्षण गर्नुपर्ने र त्यसका लागि सबैसंग मित्रवत्को भावना कायम गर्नुपर्नेमा जोड दिएका छन् ।

प्यूठान– रुपन्देही सम्पर्क मञ्चका अध्यक्ष श्यामलाल पोखरेलको अध्यक्षता, प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक जेबि क्षेत्रीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

शुभकामना आदान–प्रदान कार्यक्रम मझेरी फुड्ल्यान्ड कालिकानगरमा भएको थियो ।