नेपाल पशुपन्छी औषधी बजार प्रतिनिधि संघको अध्यक्षमा लम्साल

 

बुटवल, मंसिर ११ गते । नेपाल पशुपन्छी औषधी बजार प्रतिनिधि संघको अध्यक्षमा हुमाकान्त लम्साल निर्वाचित भएका छन् ।संघको छैटो अधिवेशन तथा १२ औ वार्षिक साधरण सभाबाट लम्साल अध्यक्षयमा निर्वाचित भएका हुन् ।

लम्सालको नेतृत्वमा ११ सदस्य समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा बिष्णु पौडेल, सचिबमा दिपेन्द्र भण्डारी, सह सचिव सन्तोष श्रेष्ठ, कोषध्यक्ष सिजन लामिछाने निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा श्रीराम थारु, दिपक आचार्य, आशिस शर्मा, धिरज प्रताप सिंह, पवन ज्ञावाली रहेको विष्णु पौडेलले जानकारी गराए ।