अक्सफोर्ड माविमा विद्यार्थी सम्मानित

बुटवल, मंसिर १७ गते । रुपन्देहीको बुटवलमा सञ्चालित अक्सफोर्ड माध्यमिक विद्यालयले कक्षा ११ र १२ अन्तरगत त्रैमासिक परीक्षाको परीक्षाफल सार्वजनिक गर्दै उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई सम्मन गरेको छ ।
प्रत्येक त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक कार्यक्रममा अक्सफोर्डमा अध्ययनरत उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद तथा तीन महिनाको छात्रवृत्तिसहित पुरस्कृत गरिएको विद्यालयका प्राचार्य दिनेश भुसालले बताए

प्राचार्य भुसालका अनुसार कक्षा ११ र १२ परीक्षामा सम्मिलित परीक्षार्थीमध्ये ३ दशमलव ६० जिपिएभन्दा माथि ल्याउने १६ जना विद्यार्थीलाई नगद १० हजार, ३ महिनाको मासिक शुल्कमा शतप्रतिशत छुट र ३ं दशमलव ४४ जिपिए भन्दामाथि ल्याउने २३ जना विद्यार्थीलाई नगद तीन हजार तथा ३ महिनाको मासिक शुल्कमा शतप्रतिशत छुटको साथमा सम्मान तथा पुरस्कृत गरिएको हो ।

विद्यालयले गरेको उत्कृष्ट विद्यार्थी सम्मान कार्यले विद्यार्थीमा प्रतिस्पर्धाको भावना जाग्नुका साथै पढ्नुपर्छ भन्ने भावना विद्यार्थीमा जाग्ने भएकाले सम्मान गरिएको प्राध्यापक सुमन भुसालले बताए ।

केही वर्ष यता विद्यालयमा सिर्जनात्मक गतिविधिको कारण विद्यार्थीको चाप ह्वात्तै बढेको हुदा रिजल्टहरूमा पनि नेपालमै उत्कृष्ट हुन सफल भएको स्मरण गर्दै प्राध्यापक भुसालले अभिभावक, प्राध्यापक तथा कर्मचारीहरू धन्यवादका पात्र रहेको बताए ।

 

परीक्षाफल कार्यक्रम कक्षा ११ बाट स्विकृती गुप्ता ३.८५ जिपिए ल्याइ उत्कृष्ट बनेकी छन्। ३.४४ भन्दा माथि जिपिए ल्याउने ३९ जना विद्यार्थीका अभिभावक तथा विद्यार्थीलाई माला,खादा तथा नगदसहित सम्मान गरिएको थियोे ।

सम्मान कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारी,अक्सफोर्ड क्याम्पसका अध्यक्ष अजित खनाल क्याम्पस प्रमुख मनोज मरासिनी,प्राचार्य दिनेश भुसाल,प्राध्यापक सुमन भुसाल लगायतको उपस्थिति रहेको थियोे ।

परीक्षाफल सार्वजनिक कार्यक्रममा निबन्ध प्रतियोगितामा प्रथम हुने करूणा गैरे,द्वितीय हुने दिविशा बलाल र तृतीय हुने तिर्सना शारूलाई नगद दुई हजार,पन्ध्र सय र एक हजार प्रदान गर्दै माला लगाएर सम्मान गरेको छ। कक्षाबाट शतप्रतिशत अभिभावक उपस्थित गराउने प्राध्यापकलाई पनि विद्यालयले सम्मान गरेको छ ।