ईन्द्रज्योती विश्वकर्मा कल्याण समाजद्दारा विधार्थीलाई छात्रवृत्ति

बुटवल, मंसिर १८ गते । समाजमा विभेदमा परेको समुदायलाई सहयोग र सेवा दिने लक्ष्यसहित स्थापित ईन्द्रज्योती विश्वकर्मा कल्याण समाज बुटवलले बुटवल उपमहानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययरत दलित विद्यार्थीलाई छात्रवृत्ति प्रदामन गरेको छ ।

स्वर्गीय ईन्द्रमति विश्वकर्माको तेस्रो पुण्य तिथिको अवसरमा सोमवार बुटवलमा आयोजित एक कार्यक्रममा समाजका संरक्षक ज्योतिलाल बिश्वकर्मा, बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेवि अर्यालले २२ वटा सामुदायिक विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययरत ४१ जना दलित बालबालिकाहरुलाई जनहि ५ हजार रुपैयाका दरले छात्रवृति प्रदान गरिएको थियो ।

स्याङ्जा कालिगण्डकी गाउपालिका वडा नं. ६ पुरानो घर भै बुटवलमा बस्दै आएको विश्वकर्मा परिवारकि सदस्य इन्द्रमति विश्वकर्माको २०७७ सालमा निधन भएपछि उहाको स्मृतिमा स्थापना गरिएको कल्याण समाजले समाजिक क्षेत्रमा काम गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम गर्दै आएको छ । त्यसै क्रममा बुटवल उपमहानगरपालिका क्षेत्रका सामुदायीक विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई छात्रवृति वितरण गरिएको हो । छात्रवृत्ति बुटवल उपमहानगरपालिकाको शिक्षा शाखा र वडा कार्यालयबाट तथ्याक संकलन गरि गरिएको जनाइएको छ ।

सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेवि अर्यालले समाजले गरिव तथा जेहेन्दार दलित विद्यार्थीहरुलाई छात्रवृति वितरण गरेकोमा आभार व्यक्र गर्दै त्यसले समाजमा विभेद विरुद्धको आन्दोलनमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरिन् ।
उनले स्थानिय सरकार सधै सामाजिक संघसंस्थासंग सहकार्य गर्न तयार रहेको बताउदै समुदायमा छुवाछुतका रुमा विसंगति र विकृतिले जरो गाडेर बसेको छ त्यसलाई सबै मिलेर तोड्नु पर्ने बताइन ।

त्यस अवसरमा स्वाग मन्त्व्य राख्दै समाजका अध्यक्ष दिपक विश्वकर्माले आमाको सम्झनामा संस्था स्थापना गरि सामाजिक हित गर्ने गरि शिक्षाबाट बन्चितमा परेका विपन्न र दलित बालबालिकाहरुलाई शिक्षा र सीप सिकाउन सहयोग गर्ने लक्ष्य लिएको बताए ।

संस्थाका संस्थापक ज्योतिलाल विकले स्याङ्जा कालिगण्डकी गाउपालिका जन्मथलो भई बुटवल कर्मथलो बनाएर सामाजिक कार्यमा आफुहरु अग्रसर रहेको धारणा राखेका थिए । समाजले स्याङ्जा कालिगण्डकि गाउपालिकाको वडा नं ६ मा रहेको ध्रुवज्योति माबिलाई वार्षिक रुपमा १ लाख रुपैया सहयोग प्रदान गर्दै आएको छ ।

कार्यक्रममा बुटवल सुनचादी ब्यवसायी संघका अध्यक्ष गोकुल बिश्वकर्मा, बुटवल उपमहानगरपालिकाकि कार्यपालिका सदस्य हेमा थामी, कार्यपालिका सदस्य कृष्ण सुनार, नेपाल दलित संघका लुम्बिनी प्रदेश संयोजक रवि बिक, स्व भगतसिह प्रतिष्ठानका अध्यक्ष जोगलाल बिश्वकर्मा, नेकपाका शरद ओली, नयागाउं माबिका शिक्षक रामप्रसाद बन्जाडे लगायतले बोल्दै समाजमा भएका छुवाछुत र कुरुती हटाउनु पर्नेमा ाजोड दिए ।