रूपन्देहीका डिलाराम  शिक्षक पुरस्कारबाट सम्मानित

बुटवल, मंसिर २० गते । रुपन्देहीको सियारी गाउँपालिका–४ छपियामा रहेको पब्लिक माध्यमिक विद्यालय छपियाका प्रधानाध्यापक डिलाराम खनाल विज्ञान शिक्षक पुरस्कारबाट सम्मानित भएका छन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को मुल्यांकन अनुसार पब्लिक माविका प्रधानाध्यापक खनाललाई सम्मान गरिएको हो । प्रतिष्ठानको ४१ औं वार्षिकोत्सवको अवसरमा पारेर प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरेका हुन् ।

अर्घाखाँचीको मालारानी घर भइ रूपन्देहीलाई कार्यक्षेत्र बनाएका डिलाराम खनालले ग्रामिण क्षेत्रलाई पनि उकास्नु पर्छ भनी सियारी गाउँ पालिकाको पब्लिक माविमा विगत ७ वर्षदेखि अध्यापन गराउँदै आएका छन्।लामो समयदेखि विज्ञान शिक्षामा समर्पित रही विद्यार्थीहरुमा विज्ञान विषयप्रती अभिरुची बढाई विज्ञान शिक्षा क्षेत्रको विकासमा कदर पुर्याएवापत उनलाई कदर–पत्रसहित सम्मान गरिएको हो ।

खनालले आफ्नो विद्यालयलाई नमुना विद्यालयको रूपमा स्थापित गर्न निकै सङ्घर्ष गर्नुपरेको बताएका छन् । विगत २० वर्षदेखि शिक्षण सेवामा आबद्ध रहेका खनालले आफ्नो कौसलताले प्राविधिक, साधरण तथा विज्ञान संकाय सञ्चालन गरेका छन् ।