बुटवलका प्रमुख प्रशासकीय अधिकृतको सरुवा
बुटवल, मंसिर २१ गते । बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालको सरुवा भएको छ। गत कात्तिक २१ गते घरायशी कारण देखाउँदै बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृत भुसालको मंसिर २० गते गृह मन्त्रालयमा सरुवा भएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०८० कार्तिक २० गतेको मितिमा चलानी नम्बर ११८४ को पत्रमार्फत बुटवल उपमहानगरपालिकालाई समेत बोधार्थ दिँदै भुसालको पदस्थापनबारे जानकारी गराएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भुसाललाई गृहमन्त्रालय वा सो अन्तरगत रहनेगरी पदस्थापन गरिएको जानकारी दिएको छ। ’उहाँ आफ्नो इच्छाले सामान्य प्रशासन मन्त्रालयको अनुमतिमा बिदामा बस्नुभएको थियो, नगर प्रमुख खेलराज पाण्डेयले लामो समय प्रमुख प्रशासकीय अधिकृत बिदामा बस्दा नगरको काममा प्रभाव परेको बताए ।
प्रमुख पाण्डेयले भुसालको सरुवा भएपछि अर्को प्रमुख प्रशासकीय अधिकृत आउनका लागि बाटो खुला भएको र छिटै« प्रमुख प्रशासकीय अधिकृत आउनेमा आफु विश्वस्त रहेको उनले बताए । ’उहाँसँग हाम्रो कुनै दुखेसो थिएन, उहाँलाई गैरकानुनी र अनियमित काम गर्नुस् भन्ने सवाल नै रहँदैन, उनले भने–जनप्रतिनिधिले नीति कार्यक्रम ल्याउने र त्यसको कार्यान्वयनका लागि कर्मचारीले नियमसंगत काम गर्ने हो, कसैलाई पनि अनुचित र गैरकानुनी काम गर्नुस् भन्न नमिल्ने र आफुले गैरकाुनी काम गर्न नभनेको बताए ।
उनले वार्षिक बजेट र नीति कार्यक्रम अनुसार कर्मचारीले काम गर्नुपर्ने र तय गरिएको लक्ष्य हासिलका लागि प्रतिबद्ध हुनुपर्ने बताए । प्रमुख प्रशासकीय अधिकृत बुटवल उपमहानगरपालिका छोडेपछि मेयर खेलराज पाण्डेयसंग कुरा नमिलेको भन्ने आरोप लागेको थियो ।