कालिका मानवज्ञान माविमा रनिङसिल्ड प्रतियोगिता

बुटवल, पुस १ गते । बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयले ६३ औ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा तेस्रो जिल्ला स्तरिय कालिका रनिङसिल्ड प्रतियोगिता आयोजना गर्दै छ ।

पुुस २ गतेदेखि सांलन हुने प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, रिले, तेक्वान्दो लगायतका पाच विधामा ३२ स्वर्ण, ३२ रजत र ३२ कास्य गरि कुल ९६ वटा पदकको लागि प्रतिस्पर्धा हुने विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी गराएका छन् ।

प्रधानाध्यापक थापाका अनुसार प्रतियोगितामा नयां खेलका रुपमा तेक्वान्दोलाई समावेश गरिएको छ । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैया शिल्ड, प्रमाणपत्र, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।द्घितिय टिमले ३० हजार, तृतिय टिमले नगद २० हजार रुपैया, शिल्ड, प्रमाणपत्र, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, वडा नं १० का वडाअध्यक्ष बल बहादुर पुन, बुटवल कालिका कलेजका प्राचार्य घनश्याम पाठक, शिक्षक अभिभावक संघका अध्यक्षय केशवराज पोखरेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले रनिङशिल्ड अनावरण गरेका छन् ।
प्रतियोगितामा रुपन्देहीका सामुदायिक र संस्थागत गरी २९ विद्यालयका ८ सय विद्यार्थीले खेलमा प्रतिस्पर्धा गर्ने खेल संयोजक हरिष वलीले जानकारी गराए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले पढाईसंगै विद्यार्थीलाई खेलकुंद लगायतका अतिरिक्त कार्यक्रमहरुमा सहभागी गराउने गरी प्रतियोगिताको आयोजना गरिएको बताउंदै विगतमा केही कमजोरी भएपनि यस वर्ष सहज रुपमा प्रतिगोगिता सम्पन्न गरिने प्रतिवद्दता जनाएका छन् ।