मल्लरानीका विधार्थीलाई पहिलो पाईला नेपालले बाड्यो न्यानो कपडा

बुटवल, पुस १६ गते । आर्थिक अवस्था कमजोर भएका प्यूठान मल्लरानी गाउंपालिकाको अर्भाङमा रहेको जनजागृती आधारभुत बिद्यालयमा अध्ययनरत विद्यार्थीलाई पहिलो पाईला नेपाल बुटवल शाखाले न्यानो कपडा वितरण गरेको छ ।
जाडोको समयमा आर्थिक अवस्था कमजोर भएका कारण न्यानो कपडाको अभावमा समस्यामा परेका विद्यार्थीलाई “न्यानो माया अभियान“ बाट न्यानो कपडा वितरण गरिएको हो । ट्याकसुट, टोपी, मोजालगायतका न्याना कपडाहरु विद्यार्थीलाई वितरण गरिउको हो ।

पहिलो पाईला नेपाल बुटवल शाखाका अध्यक्ष विनोद बस्यालको अध्यक्षता, मल्लरानी गाँउपालिका अध्यक्ष कृष्णबहादुर खड्काको प्रमुख आतिथ्यता, पहिलो पाईला नेपाल केन्द्रीय महासचिव विनोद महत, मल्लरानी गाँउपालिका उपाध्यक्ष रमेशकुमार श्रेष्ठको विशिष्ट आतिथ्ता, बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष, स्थानीय जनप्रतिनिधिहरुको आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी न्याना कपडाहरु वितरण गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी मल्लरानी गाँउपालिका अध्यक्ष कृष्णबहादुर खड्काले सानो सहयोगले विद्यार्थीका लागि हौसला मिल्ने बताए । अध्यक्ष खड्काले जिल्ला सदरमुकाममा पालिका भएपनि केही क्षेत्रहरु भौगोलिक रुपमा दुर्गम भएको र स्थानीय संरचना अनुसार बिकासको क्रममा रहेको बताउंदै शिक्षाको स्तरन्नोती र गुणस्तरीय शिक्षाका निम्ति काम भैरहेको अध्यक्ष खड्काले बताए ।

बिद्यार्थीको न्यानोपनका लागि पहिलो पाईला नेपालले बिद्यालयलाई छनोट गरी न्यानो कपडा वाँडेकोमा धन्यवाद ब्यक्त गर्दै संस्थाको सामाजिक कामप्रति धन्यबाद ज्ञापन गर्दै पहिलो पाईला नेपालको प्रसंसा गरे ।

पहिलो पाईला नेपालले युवाहरुको सहभागीता तथा सामुअिक क्रियाकलापको माध्यमबाट सामाजिक क्षेत्रमा विभिन्न अभियानहरुमार्फत सामाजिक सेवामुलक कार्यहरु गरिरहेको कुरा जानकारी दिदै पहिलो पाईला नेपालका महासचिव विनोद महतले “जहाँ दुख्छ त्यहा पहिलो पाईला पुग्छ“ भन्ने उद्देश्यसहित शिक्षा, स्वास्थ्य, सरसफाई, मानसुरक्षा, नेतृत्व तथा ब्यक्तित्व विकासका क्षेत्रमा पहिलो पाईला नेपाल क्रियाशिल रहेको कुरा जानकारी गराए ।
कार्यक्रम तथा अभियानबारे उपस्थितिलाई जानकारी प्रदान गर्दै कार्यक्रम संयोजक तथा बुटवल शाखा कोषाध्यक्ष सन्तोष केसीले यश बिद्यालयको भौगोलिक अबस्था, स्थानिय बासिहरुको कमजोर पारिवारीक आर्थिक अबस्थालाई मध्यनजर गर्दै बिद्यालयलाई न्यानो माया स्वरुप न्यानो कपडा बितरणका लागि छनोट गरिएको जानकारी गराए ।

बिद्यालयकको कमजोर भौतिक अबस्था, भौगोलिक बनावट तथा अध्ययनरत बिद्यार्थीका पारिवारीक अबस्थाको वारेमा जानकारी दिदै बिद्यालयकि प्राधानाध्यापक सुनिता जीसीले पहिलो पटक बिद्यालयमा अध्ययनरत बिद्यार्थीको लागि सहयोग गरेकोप्रति धन्यवाद ब्यक्त गरिन ।

कमजोर पारिवारिक अबस्थाका कारणले नयाँ न्यानो कपडा दिलाउन नसकेको कुरा ब्यक्त गर्दै अभिभावक शर्मिला नगरकोटीले आफ्ना बच्चाहरुलाई न्यानो कपडा बितरण गरेकोमा पहिलो पाईला नेपाल बुटवल शाखालाई धन्यवाद ब्यक्त गरिन् ।

पहिलो पाईला नेपाल बुटवल शाखा उपाध्यक्ष सन्तोष बन्जाडेको स्वागत मन्तब्य, बिद्यालयकी प्रधानाध्यापक सुनिता जीसीको धन्यवाद मन्तब्य, बुटवल शाखा सचिव राजन अधिकारीको संचालन, पहिलो पाइला नेपाल बुटवल शाखा पदाधिकारी तथा सदस्य, स्थानीय समाजसेवी, बिद्यार्थी, अभिभावक तथा शिक्षाप्रेमीहरुको उपस्थितिमा कार्यक्रम भएको थियो ।