व्यापार संघको नवनिर्वाचित कार्य समितिद्वारा शपथ तथा पदभार ग्रहण

रुपन्देहीमा एकिकृत विकास परियोजना जरुरीः सांसद घिमिरे

 

 

 

बुटवल, १० माघ ।
रुपन्देही व्यापार संघको २२ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनबाट नवनिर्वाचित नयाँ कार्य समितिले एक विषेश कार्यक्रमकावीच शपथ तथा पदभार ग्रहण गरेको छ ।
संघको सभाहलमा बुधवार आयोजित कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत लेखनाथ ढकालले शपथ गराउनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि रुपन्देही क्षेत्र नं. ५ का माननिय सांसद बासुदेव घिमिरेले प्रमाणपत्र प्रदान गर्नु भयो भने संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले टिका तथा अध्यक्ष कृष्णप्रसाद घिमिरेले खादा लगाइदिनु भएको थियो ।
त्यस अवसरमा महासचिव दयानिधि भण्डारीले नवनिर्वाचित महासचिव फर्सुराम पन्तलाई म्यान्यूट तथा कोषाध्यक्ष ऋषिराम पाण्डेले नवनिर्वाचित कोषाध्यक्ष मनिराम खनाललाई चेक हस्तान्तरण गर्नु भएको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननिय बासुदेव घिमिरेले रुपन्देहीको आर्थिक तथा औद्योगिक विकाससंगै समग्र परिर्वतनका लागि एकिकृत विकास परियोजना अगाडी बढाउनु पर्ने बताउनु भयो । उहाले यस क्षेत्रको विकासका लागि यस क्षेत्रका जनप्रतिनिधिहरुले सामुहिक पहल गर्दै आएको भएतापनि हामी सबैको चाहाना अनुसारको काम हुन नसकेको बताउनु भयो ।
सांसद घिमिरेले वर्तमान सरकार जनताको कुरा सुन्ने अवस्थामा नरहेको बताउदै उद्योगी व्यवसायीहरुको समस्या समाधानका लागि आफ्नोतर्फबाट सधै आवाज उठाइरहने प्रतिवद्धता जनाउनु भएको थियो ।
घिमिरेले व्यवसायीक हकहितका लागि प्रतिष्पर्धाबाट आएको संघको नेतृत्वलाई सधै कटिवद्ध भएर काम गर्न सुझाव दिदै निर्वाचनको परिणामलाई नेतृत्व चयनको एक विधिका रुपमा लिन आग्रह पनि गर्नु भयो ।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवि अर्यालले स्थानिय सरकार व्यवसायीहरुको साथमा सधै रहेको जनाउदै व्यवसायीक समस्याहरुलाई सामुहिक रुपमा बसेर समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाले बुटवल उपमहानगरपालिका र व्यापार संघ व्यवसायिक हितका लागि एक भएर अगाडी बढुने जनाउनु भयो ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले संघको नेतृत्व चयनका क्रममा भएका गतिविधिले संस्थालाइएृ मजबुत बनाउन नै मद्दत गरेको बताउदै संघको हित विपरित कुनै गतिविधि हनु नदिन सबै लाग्नु पर्ने धारणा राख्नु भएको थियो । उहाले संघलाई यहासम्म ल्याइपु¥याउन सबैको भूमिका रहेको र संस्थापक अध्यक्षको हैसियतमा सधै संघको विकासमा आफु प्रतिवद्ध रहने बताउनु भयो ।
संघका निर्वतमान अध्यक्ष कृष्णप्रसाद घिमिरेले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै प्रजातान्त्रिक विधिबाट नया नेतृत्व चयन भएको हुदा संस्थाको गरिमा र प्रतिष्ठामा आच नआउने गरि काम गर्न आग्रह गर्नु भयो ।
नवनिर्वाचित अध्यक्ष दिपक प्रसाद अधिकारीले आफू मन, वचन र कर्मले अगाडि बढ्ने पनि प्रतिबद्धता व्यक्त गर्दै संघको गरिमालाई उचाईमा पु¥याउन सबैलाई सहमति र सहकार्यमा जोड दिनु भयो ।
उहाले निर्वाचनका दौरानमा पक्ष र विपक्ष भएको भएपनि आगामी दिनमा
त्यसलाई विर्सेर संस्था र व्यवसायीहरुलाई सर्वोपरि ठानी सबै एक ढिक्का भएर अगाडि बढ्न जरुरी रहेको बताउनु भयो । आफ्नो कार्यकालमा तिनै तहका सरकार र सम्पूर्ण व्यावसायी संघसंस्थासँग सुमधुर सम्बन्ध कायम गरी आवश्यकता अनुसार संयुक्त कार्यक्रम र योजना बनाई कार्यान्वयन गर्ने अधिकारीको भनाई थियो ।
अध्यक्ष अधिकारीले संघबाट व्यापारी एवं व्यावसायीहरुको सबैभन्दा नजिकको असल अभिभाकत्व दिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।


कार्यक्रम रुपन्देही व्यापार संघका पूर्व अध्यक्षहरुकोतर्फबाट पदम प्रसाद श्रेष्ठ, व्यवसायीक संघसंस्थाहरुकोतर्फबाट उद्योग व्यापार संगठनका अध्यक्ष विष्णु पाण्डे लगायत बोल्नु भएको थियो ।
दुई चरणमा भएको कार्यक्रममा पहिलो चरणको अध्यक्षता संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन महासचिव दयानिधि भण्डारीले गर्नु भएको थियो । स्वागत वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारीले गर्नु भएको थियो ।
दोस्रो चरणको कार्यक्रमको अध्यक्षता नवनिर्वाचित अध्यक्ष दिपक प्रसाद अधिकारीले गर्नु भएको थियो भने सञ्चालन नवनिर्वाचित महासचिव फर्सुराम पन्त र धन्यवाद ज्ञापन संघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष प्रकाश ढकालले गर्नु भएको थियो ।