मिलन कला केन्द्रको पावर अफ ट्यालेन्ट सिजन टु सकियो, छिनिङ दर्लामी प्रथम

बुटवल, माघ २८ गते । मिलन कला केन्द्र बुटवलले सञ्चालन गरेको पावर अफ ट्यालेन्ट सिजन टु प्रतियोगिता समापन भएको छ । छ महिना अघिदेखि शुरु भएको सिजन टु तथा प्रतिभा छनोट कार्यक्रममा ५ सय ५० जनाको सहभागिता थियो ।


डान्स, सिङगिङ, मार्शल र चित्रकलाको विद्यामा प्रतिष्पर्दा गराएर छनोट गरिएको मिलन कला केन्द्रकी अध्यक्ष मिना बुढा थोकीले जानकारी गराइन ।सिजन टु ट्यालेन्ट प्रतियोगितामा २० जना सिनियर र २० जना जुनियर टिमबाट छनोट भएका छन् ।

रुपन्देही कञ्चन गाउंपालिकाकी छिनिङ दर्लामीले ५ सय ५० जना प्रतिस्पर्धीलाई पछि पार्दै पावर अफ ट्यालेन्ट भएकी छिन् । बुटवलस्थित मिलन कला केन्द्रले आयोजना गरेको नृत्य तर्फको पावर ट्यालेन्ट प्रतियोगितामा छिनिङले उपाधी हात पारेकी हुन् ।छिनिङले जुनियरबाट प्रथम उपाधी हात पारेसंगै पुरस्कारको रुपमा ५१ हजार १ सय ११ रुपैया प्राप्त गरेकी छन् । गत बर्ष भएको कञ्चन आर्ट स्कलरसीप २०७९ को उपाधीसमेत हात पारेकी छिनिङले रुद्रपुर माध्यमिक बिद्यालयमा कक्षा ३ मा अध्यनरत छन् ।


बुटवल ११ स्थित थ्रि पोइन्ट गार्डेनमा भएको प्रतियोगितामा सिनियरतर्फ बुटवल इलिट स्कुलकी युना महत प्रथम, नविन औद्योगिक कदर बहादुर रिता स्कुलकी प्रयूसा श्रेष्ठ द्वितिय र कालिका मानवज्ञान माध्यमिक विद्यालयकी दिया सुनार तृतिय भएको कार्यक्रम संयोजक दावा शेर्पाले जानकारी गराइन ।

त्यस्तै जुनियरतर्फ एपेक्स वोर्डिङकी स्कुल दियांसा सापकोटा द्वितिय, स्क्र्लस होम वोर्डिङ स्कुल बुटवलकी शिरिशा रोका तृतिय र न्यू होराइजन माध्यमिक विद्यालयमा अध्ययनरत प्रेरणण रानाले सान्त्वना स्थान प्रापत गरेकी छन् ।

उक्त कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सांसद जमुना ढकालले विद्यार्थीलाई पढाइसंगै कला नृत्य र खेलकुंदका विषयमा पनि पढाउनु पर्ने बताइन । कला, संस्कृति नेपालको सम्पति भएकाले हरेक विद्यार्थीमा भएका प्रतिभाहरु बाहिरु ल्याउन शिक्षण संस्थादेखि सबै सस्थाले रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने सांसद ढकालले बताइन ।

मिलन कला केन्द्र बुटवलकी अध्यक्ष मिना बुढाथोकीको अध्यक्षता, कला केन्द्रकी सचिव दिलकुमारी उपाध्यायको स्वागत र गोपाल अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा डाक्टर ज्योती भट्टलाई प्रमाण पत्रसहित सम्मान गरिएको थियो ।