बीउ व्याबसायी संघ रुपन्देहीमा योगी

 

बुटवल । नेपाल बीउ व्याबसायी संघ जिल्ला समन्वय समिति रुपन्देहीको अधिवेसन नया नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ ।
अधिवेशनले सुरजनाथ योगिको अध्यक्षतामा ११ सदस्यीय सर्वसम्मत नया नेतृत्व चयन भएको छ । जसको उपाध्यक्ष भोलानाथ चौरासिया, उपाध्यक्ष लाला प्रसाद लोद, सचिव हरि प्रसाद बसेल, कोषाध्यक्ष गुड्डु मिश्रा तथा सदस्यहरुमा रिशव मल्ल, राजेश कुवर, रामप्रसाद भुसाल, लाल बहादुर थापा र शिव कुमार मौर्या रहेका छन् ।


यसअघि विषादी ब्यवसायी संघ नेपालको प्रथम भेला तथा नेपाल बीउ ब्यवसाय संघ जिल्ला समन्वय समिति रुपन्देही दोस्रो अधिवेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापाईले कृषि क्षेत्रको विकासका लागि उनीहरुको आवश्यक्ता पुरा गर्नेतर्फ ध्यान दिनु पर्ने बताउनु भयो । उहाले नेपाली कृषकहरुले समयमा विउ र मल नपाउदा त्यसको प्रत्य असर राज्यको अर्थतन्त्रमा पनि परेको हुदा त्यस नेपाली विउ उत्पादनमा जोड दिनु पर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले खुला सिमानाकै कारण देशभित्रका बिउ उत्पादन ब्यवसाय मर्कामा रहेको दुखेसो गरेका थिए । बीउ र बिषादी मानव जिवनसंग जोडिएको विषय भएको भन्दै सरकारको नितिमा अलमल भएपनि पेशा ब्यवसायीमा आवद्धहरु सजग हुनुपर्ने सुझाव उनीहरुको थियो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र भैरहवाका माथिवर गुप्ताले औषधी भनेपनि यो वास्तवमा बिषादी नै भएको दाबि गर्दै तालिमको समयावधी, सहभागीता जस्ता विषयका कारण कतिपय कार्यक्रम हुन नसकेको उनको भनाई थियो ।
बुटवल उपमहानगरपालिकाका कृषि शाखा प्रमुख सन्तोष जिसिले संघिय संरचना अनुसार ३ तहको सरकारबाट गर्नुपर्ने कृषि क्षेत्रको काम हुनु पर्नेमा त्यो हुन नसकेको गुनासो गर्दै उनले बीउ, विषादी र मलखाद एकअर्कासंग जोडिएको विषय भएको हुदा यसको प्रवद्र्धन र प्रयोगमा संयुक्त कार्यक्रम ल्याउन जरुरी भएका बताएका थिए ।
कार्यक्रममा बीउ उत्पादनका प्रतिनिधि गुड्डु मिश्राले हाल तथ्याकमा ६२ प्रतिशत किसान भएको नेपालका अधिकास किसान भारतमा परनिर्भर रहेको बताए । यो अवस्थाको कारण नेपाली बीउ उत्पादकहरु मर्कामा परेको उनको भनाई थियो ।
बिउविजन प्रयोगशालाका सालिकराम गौतमले ब्यवसायलाई स्वच्छ र पारदर्शी बनाउनुपर्ने सुझाव दिए । बीउ विजन र विषादी बिक्रि कारोबारको रेकर्ड राख्ने कुरामा ब्यवसायीहरु लाग्न उनले आग्रह गरे । भण्डारमा रहेका बिउविजनहरुको ब्यवस्थापन, समयावधि सुचिकृत भए नभएका के कस्ता छन भन्ने कुरामा ध्यान दिनुपर्ने सुझाव दिदै लुम्बिनी प्रदेश धान र गहुको उत्पादनमा आत्मनिर्भर रहेको बताएका थिए ।
जिल्ला अध्यक्ष रामराज यादवको अध्यक्षता, सचिव धनबहादुर थापाको सञ्चालनमा भएको कार्यक्रममा नेपाल विसादी व्यवसायी संघका केन्द्रीय अध्यक्ष करुणा काफ्ले, केन्द्रीय सदस्य भानुभक्त पौडेल, केन्द्रीय सदस्य लाल बहादुर थापा, राष्ट्रिय गहुवाली अनुसन्धान केन्द्र, भैरहवाका डा.रोशन वस्नेत, नेपाल विषादी व्यवसायी संघ लुम्विनी प्रदेश अध्यक्ष रामप्रसाद भट्टराई, प्रदेश सदस्य चित्र गौतम लगायत बोलेका थिए ।