जापान भाषाका लागि भूमहिमा कन्सल्टेन्सी

बुटवल, फागुन १ गते । नवल नगरपालिको भुमहिमा जापान भाषामा विद्यार्थीका लागि वर्किङ भिसाको लागि भाषा सिकाउन थालिएको छ ।
। भिसाको लागि आफ्नै कन्सल्टेन्सीबाट जापानको लागि विद्यार्थीलाई प्रक्रिया सहज र सजिलो बनाउनका लागि आराता कन्सल्टेन्सी एन्ड जब सर्भिस जापान अफिसको सुभारम्भ भएको छ ।

आराता कन्सल्टेन्सी एन्ड जब सर्भिसको एक कार्यक्रमवीच वडाध्यक्ष दिपक पौडेलले उद्घाटन गरेका छन् ।कन्सल्टेन्सिका प्रोप्राइटर राज पान्डेय र अनिल क्षेत्रीले मुख्य उद्देस्य माथी प्रकाश पार्दै अबका दिनमा यस क्षेत्रका ब्यक्ति तथा विद्यार्थी धेरै टाढा जानु नपर्ने र आफ्नै गाउं ठाउंबाट जापनिज भाषा अध्ययन गर्न पाउने बताए ।

जापानमा पनि आफ्नै आमेया कर्पोरेसन जापान रहेकाले कामदार र विद्यार्थीलाई सुनौलो अबसर प्रदान गरिएको उनीहरुले बताए । नवलपरासीको बर्दघाटदेखि सुनवलका स्थानीयको उल्लेख्य उपस्थितिमा कन्सल्टेन्सी एन्ड जब सर्भिसको शुभारम्भ गरिएको हो ।

ब्याचलर पास वर्किङ भिसा, कामगर्ने भिसा, ट्रेनिङ एण्ड एचिभमेण्ट भिसाका साथै होस्टेलकोसमेत ब्यबस्था रहेको प्रोप्राइटर अनिल क्षत्रीले जानकारी गराएका छन् ।
लेखनाथ न्यौपानेको सञ्चालनमा उक्त कार्यक्रम भएको हो ।