सरस्वती पूजा

बुटवल, फागुन २ गते । सिर्जनाकी देवीका रुपमा मानिने सरस्वतीको आराधना गर्दै आज देशभर सरस्वती पूजा गरी बसन्त पञ्चमी पर्व मनाईदै छ । हिन्दु धर्मावलम्बीले सरस्वती मन्दिर तथा पुस्तकको पूजा गरेर आज यो पर्व मनाउने गर्दछन् ।

बिभिन्न बिद्यालय, बिद्याको मन्दिर तथा सरस्वती मन्दिरहरुमा आज बिहानैदेखि पूजा आराधना चलिररहेको छ । यो दिन सरस्वतीको पुजा गरे विद्या, वुद्धी, र ज्ञान प्राप्त हुने जनविश्वास रहेको छ । चन्द्रमा जस्तो गोरो वणर््ँ भएकी तथा हातमा वीण्ाँ र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरु भारती, शारदा, हंसवाहिनी, जगत्माता, वागेश्वरी, कौमारी, वरदायिनी, बुद्धीदात्री, ब्रहमचारिण्ँी, चन्द्रघण्टा र भुवनेश्वरी जस्ता नामले पुकार्ने गर्छन् ।

आजको दिनमा बालबालिकालाई अक्षर आराम्भ गराए शुभ हुने विश्वास अनुरुप आज सबैले आफ्ना बाबु नानीहरुलाइ अक्ष्ँर चिनाउने गर्छन् । त्यस्तै आजकै दिन बालबालिकाहरुको नाक कान छेंड्ने प्रचलन पनि रहेको छ । सरस्वती पूजाको अवसरमा विद्यालयहरुमा सरस्वतीको मूर्ति तथा तश्वीरमा पुजा गरी विद्यार्थीले यो पर्व मनाउंदै छन् । सरस्वती पुजाका दिनदेखि वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई वसन्त पञ्चमीका रुपमा पनि मनाउने गरिन्छ ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेÈ गरी साहित्यकार, कलाकार, पत्रकार, संगीतकार, शिक्षक र विद्यार्थीहरु आ–आफ्ना कला–साधनाका वस्तुलाई सरस्वतीका रुपमा पूजा गर्छन् भने तान्त्रिकहरु तन्त्र सिद्धीका लागि तारादेवीका रुपमा सरस्वतीको आराधना गर्दछन् ।

आजको दिन हलो र गोरुको पूजा गरे अन्नबाली राम्रो हुने जनविश्वास पनि रहेको छ । यसैविच पहाडी जिल्लाका ग्रामिण क्षेत्रहरुमा आजकै दिन वर्षभरीको ऋण तिर्ने भाखा समेत राखिएको हुन्छ ।
पुरानो ऋण तिरी आजकै दिनदेखि आगामी वर्षको लागि नयां ऋणको खोजी गर्ने प्रचलन अझैपनि कहि कतै रहेको पाईन्छ । श्रीपञ्चमीको दिनदेखि वसन्त ऋतु आरम्भ भएको मानिन्छ ।