कालीगण्डकी करिडोरमा पहिरो, सडक अबरुद्ध

 

 

गुल्मी/लगातारको बर्षापछि कालीगण्डकी करिडोरमा ठाउठाउमा पहिरो गएको छ । पहिरोका कारण सो कोरिडोरमाा आवतजावत अबरुद्ध भएको छ । कालीगण्डकी करिडोर अन्र्तगतको हर्मिचौर–अर्बेनी सडकखण्डको गर्गरे भिरमा माथिबाट ठूलो पहिरो खसेकाले सडक अबरुद्ध भएको हो ।
सडक अबरुद्ध हुँदा बुटवलदेखि कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाट जाने र पुर्तिघाटदेखि बुटवलसम्म जाने सवारीहरू चल्न सकेका छैनन् । शुक्रबार रातिबाट गएको पहिरो पन्छाउन शनिबार डोजर लगाइएको कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष तारा थापाले जानकारी दिइन् ।
पहिरो निकै ठूलो भएकाले पन्छाउन समय लाग्ने थापाले बताइन् । बर्षा नभए चाडोसडक खुलाउन सकिने थापाले बताइन् । नेपाली सेनाको सहयोगमा अहिले पहिरो पन्छाउने कार्य भइरहेको छ ।