इन्टलेक्चुअलको वार्षिकोत्सव र अभिभावक दिवस

बुटवल, फागुन ८ गते । नेपालको शिक्षा क्षेत्रमा नीजि क्षेत्रको योगदान महत्वपूर्ण रहेको शिक्षा पे्रमीहरुले बताएका छन् । नीजि क्षेत्रबाट सञ्चालित शिक्षा अब्बल र गुणस्तरीपनि रहेको उनीहरुको भनाइ छ ।

बुटवलको कालिकानगरमा रहेको इन्टलेक्चुअल एकेडेमीको मंगलबार सम्पन्न १४ औं वार्षिकोत्सब र अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताले गुणस्तरीय शिक्षाले देशको विकास निर्धारण गर्ने बताए ।

सोही कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत मित्रमणी खनालले बुटवलको शैक्षिक गुणस्तरवृद्धिको प्रभाव देशभर नै परेको बताए । शिक्षा क्षेत्रमा नीजि विद्यालयहरुको योगदान महत्वपूर्ण रहेको बताउंदै थप गुणस्तरीय शिक्षाका लागि ध्यान दिन आग्रह गरे ।

विद्यालयका प्रवन्ध निर्देशक रामराज पोखरेलले परम्पराबादी शिक्षामा परिवर्तन गरी विद्यार्थीलाई गुगको माग अनुसारको शिक्षा दिनुपर्ने र त्यसका लागि आफ्नो विद्यालय गम्भीर रहेको बताए । विद्यालयले नयां शिक्षा प्रणाली लागू गर्दै आएको उनले बताए ।
पछिल्लो समय निजि विद्यालयले सीप र ब्यवहारीक ज्ञान आर्जन प्रदान गरेको दावी गर्दै उनले भने सरकारी बिद्यालयले सिको गरेकाले समग्र देशको शैक्षिक अवस्था सुधार हुने छ ।
कार्यक्रममा प्याब्सन नेपालका केन्द्रिय सदस्य टिकराम न्यौपाने, प्याब्सन प्राज्ञीक सल्लाहकार लोकनाथ उपाध्याय, नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव बिनोद परियार,पूर्व विद्यार्थी एवं सम्मानित विद्यार्थी एन्जिला पोखरेल, विद्यार्थी एरिना महत लगायतले आआफ्ना भनाइ राखेका थिए ।

विद्यालयका अध्यक्ष गोबिन्द प्रसाद मरासिनीको अध्यक्षता र बिद्यालयका कोर्डिनेटर मित्रजन भण्डारीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा ईन्टरनेशनल स्कुल अवार्ड २०२०–२३ प्राप्त विद्यालयमामा आयोजित कार्यक्रममा विभिन्न गतिविधिहरुमा उत्कृष्ट विद्यार्थी एवं शिक्षक कर्मचारीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीले बनाएका विभिन्न बिज्ञान प्राविधिक गतिविधि एवं प्रोजेक्ट तथा ह्याण्डिक्राफ्ट प्रदर्शनीमा राखेका थिए भने विद्यार्थी सुप्रीया रानाले माता सरस्वतीको अवतार धारण गरि बसेकी थिइन ।