रोट्¥याक्ट लुम्विनी स्टार्सले नुवाकोटमा मनायो पाचौं स्थापना दिवश

नुवाकोटमा सन्देशमुलक सूचना वोर्ड स्थापना

 

 

बुटवल । रोट्¥याक्ट क्लब अफ लुम्विनी स्टार्सले आफ्नो पाचौं स्थापना दिवश पाल्पाको तिनाउ गाउपालिका वडा नं. २ नुवाकोटमा एक विशेष कार्यक्रमको आयोजना गरि मनाएको छ ।


क्लबले स्थापना दिवशका अवसरमा बुटवलबाट नुवाकोट जाने बाटोमा सचेतना जगाउने उद्देश्यले सन्देशमुलक सूचना वोर्ड राखेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत क्लबले सो स्थानमा ऐतिहासिक नगरी नुवाकोट सफा राखौं, माया गरौं, हाम्रो नुवाकोट राम्रो नुवाकोट भन्ने नारा सहित राखेको सन्देश मुलक सूचना वोर्डको रोट्¥याक्ट क्लबका डिआरआर इलेक्टेड विक्रम क्षेत्री, रोटरी क्लब अफ लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष यादव भण्डारी, रोटरी क्लब अफ लुम्बिनी स्टार्सका पूर्व अध्यक्ष मुक्ति प्रसाद भण्डारी, रोटरी क्लब अफ लुम्बिनी स्टार्सका बर्ष २०२३÷२४ का अध्यक्ष धु्रव कोइराला, रोट्¥याक्ट क्लब अफ लुम्विनी स्टार्सका संस्थापक अध्यक्ष विमल ढकाल, जिआरआर भुपेन पाण्डे, तोल विकास संस्थाका अध्यक्ष विष्णु बहादुर कुमाल, रोट्¥याक्ट क्लब अफ लुम्विनी स्टार्सका २०२३÷२४ का अध्यक्ष जया भण्डारीले सम्युक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।


सो अवसरमा बोल्दै रोट्¥याक्ट क्लबका डिआरआर इलेक्टेड विक्रम क्षेत्रीले क्लबले समाजको विकास र सेवाका लागि आफ्नो मुख्य लक्ष्य राख्नु पर्नेमा जोड दिदै पर्यटकिय क्षेत्र नुवाकोटमा रोट्याकको उपश्थितीले नया सन्देश दिने विश्वास व्यक्त गर्नु भयो ।
रोटरी क्लब अफ लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष यादव भण्डारीले युवाहरुमा पछिल्लो समयमा देखिएको निराशालाई तोड्दै उनीहरुको क्षमता विकाससगै सामाजिक दायित्व पुरा गर्न जिम्मेवार बनाउन क्लबले ध्यान दिनु पर्ने सुझाव दिनु भयो ।


रोट्याक क्लब अफ लुम्विनी स्टार्सका संस्थापक अध्यक्ष विमल ढकालले क्लबले आफ्नो स्थापनाका अवसरमा तय गरेको लक्ष्यमा अहिले पनि क्रियाशिल रहेकोमा धन्यवाद दिदै नयानया कामहरु गर्न आग्रह गर्नु भयो ।
क्लबकि अध्यक्ष जया भण्डारीले क्लबले आफ्ना नियमित कामसंगै समाजसंग मिलेर पनि आफ्ना गतिविधिहरु गर्दै आएको उल्लेख गर्दै क्लबले नुवाकोटको संरक्षणमा सचेतना जगाउने उद्देश्यले सानो कामको सुरुवात गरेको बताउनु भयो ।


कार्यक्रम क्लबका अध्यक्ष जया भण्डारीको अध्यक्षता, प्रिति श्रेष्ठको स्वागत तथा सचिव गौरव पाण्डेको सञ्चालनमा भएको थियो । सूचना वोर्ड निमार्णका लागि आरएल प्रिन्टिङ प्रेस, बुटवल र गौरव टुर्स एण्ड ट्राभल्स, बुटवलले सौजन्य गरेका थिए । वोर्डको संरक्षणको जिम्मेवारी टोल विकास संस्थालाई दिइएको छ ।