अक्सफोर्डमा विद्दार्थीलाई स्वागत र सम्मान

बुटवल, फागुन १३ गते । बुटवलको अक्सफोर्ड कलेजले उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गर्नुका साथै स्नातक तह अध्ययन गर्ने नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ ।
शनिबार बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा गरिएको कार्यक्रममा नव आगन्तुक दुई सय ६७ विद्यार्थीलाई स्वागत तथा विविएस, विएचएम र बिआईएमका ४६ जना विद्यार्थीलाई छात्रवृतिसहित सम्मान तथा पुरस्कृत गरिएको हो ।

कलेजले विविएस र विएडका ४ जना, बिएचएम र बिआइएमका ४२ जना गरि ४६ जना विद्यार्थीहरुलाई जनही चार हजार पाँच सयदेखि एक लाख ६० हजारसम्मको छात्रवृति प्रदानसंगै सम्मान तथा पुरस्कृत गरिएको कलेज प्रमुख मनोज मरासिनीले जानकारी गराए ।उनले कलेजबाट उत्कृष्ट नतिजा ल्याएका तथा नेपाल प्रथम र लुम्विनी प्रदेश प्रथम भएका विद्यार्थीलाईसमेत सम्मान गरिएको बताए । विद्यार्थीलाई अध्ययनमा थप हौसला र प्रोत्साहन दिनका लागि छात्रवृति सहित सम्मान गरिएको हो ।
कार्यक्रममा हिसान रुपन्देही अध्यक्ष तथा अक्सफोर्ड माविका प्राचार्य दिनेश भुसालले शैक्षिक गुणस्तरलाई थप मजवुद गराउन तथा ब्यवहारिक शिक्षामा विद्यार्थीलाई अब्बल बनाउन संस्थागत विद्यालयहरुले ठुलो योगदान दिएको बताए । अक्सफोर्डले संस्कारसहितको शिक्षा दिएको उनले बताए ।

कार्यक्रममा अक्सफोर्ड कलेज संचालक समितिका अध्यक्ष अजित खनाल, प्राध्यापक सुमन भुसाल, संचालक लिलावल्लभ पाण्डे, रामलाल जोशी, अक्सफोर्ड माविका सहप्राचार्य मोहन क्षेत्री, पूर्व विद्यार्थी गोकर्ण खरेल, उषा राना, विद्यार्थी अनिता खवास, आस्था क्षेत्री, अनुष्का केसी, दिक्षा भट्टराई, लक्ष्मी थापा लगायतले नव आगन्तुक विद्यार्थीलाई स्वागत,सम्मान र पुरस्कृत विद्यार्थीलाई बधाई तथा शुभकामना मन्तब्य दिएका थिए ।


कलेजमा विविएस, विएचएम, बिएड र बिआईएमका कार्यक्रमहरु संचालन रहेको प्राध्यापक सन्तोष पौडेलले जानकारी गराए । शिक्षक लक्ष्मण घिमिरेका अनुसार विद्यालय तहमा पनि त्रैमासिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कार र छात्रवृत्ति दिने गरिएको छ ।

यस्तै अक्सफोर्ड कलेजमै अध्ययनरत विद्यार्थीले सांस्कृतिक कार्यक्रम अन्तरगर्त गीत तथा नृत्यु प्रस्तुत गरेका थिए ।