देवदह मेडिकल कलेजद्दारा निःशुल्क स्वास्थ्य शिविर

बुटवल, फागुन १९ गते । देवदह मेडिकल कलेज एण्ड रिसर्च ईन्स्टिच्युट भलुही देवदहले बुटवलमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । शनिबार बुटवलको कान्ति माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिबिर आयोजना गरिएको हो ।

देवदह मेडिकल जाऔं स्वास्थ्य परिक्षण गाराऔं भन्ने नाराका साथ स्वास्थ्य शिविर आयोजना गरिएको हो । एक दिने उक्त निःशुल्क स्वास्थ्य शिविरमा ९ सय ७० जनाको स्वास्थ्य परिक्षण गरी औषधीसमेत निःशुल्क वितरण गरिएको देवदह मेडिकल कलेजका कार्यक्रम संयोजक हिरालाल धामीले जानकारी गराए । कार्यक्रम संयोजक धामीका अनुसार भिडियो एक्सरे, इसिजी, सुगर र महिलाको पाठेघरको मुखको क्यान्सको पनि निःशुल्क परिक्षण गरिएको छ ।


जनरल मेडिशन सम्बन्धि, मुटु सम्बन्धि, नाक कान घाँटी सम्बन्धी,जनरल सर्जरी सेवा, छाला कपाल तथा यौनरोग सम्बन्धी, हाडजोर्नी तथा नशा सम्बन्धी, फिजियोथेरापी सेवा, दन्त रोग, आँखा जाँच, महिलाको पाठेघरको जाँच, सम्बन्धि, बालरोग, प्रस्तुति सेवा लगायत अन्य रोगहरुको जाँच गरिएको थियो ।
स्वास्थ्य शिविरबाट ३ सय ५० जनालाई उपचारका लागि देवदह मेडिकल कलेजमा पिरफर गरिएको छ । सम्बन्धित क्षेत्रका विशेषज्ञ डाक्टरहरुबाट निःशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो ।
देबदह मेडिकल कलेजले आयोजना गरेको स्वास्थ शिबिरमा, सगरमाथा लुम्बिनी इन्स्योरेन्स ,कान्ति मावी,बुटवल उधोग वाणिज्य संघ,नेपाल अर्बुदरोग निवारण संस्था, बुटवल उपमहानगरपालिका वडा नं ४ ले सहयोग गरेका थिए ।

उक्त स्वास्थ्य शिविरमा बोल्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले नागरिकको स्वास्थ्यप्रति चिन्ता र चासो लिएर निःशुल्क स्वास्थ्य परिक्षण गरेर देवदहको मेडिकलेजले जनपक्षीइ काम गरेको भन्दै प्रसंसा गरे ।
मेडिकल कलेजका अध्यक्ष गोपालबहादुर पोखरेलले मानिसको स्वास्थ्य नै सबै भन्दा ठूलो भएकाले आमनागरिकको हितमा ठाउंठाउंमा निःशुल्क स्वास्थ्य शिविरहरु आयोजना गर्ने गरिएको बताए ।
कार्यक्रममा कान्ति माध्यमिक विद्यालयका प्रअ गोविन्द ज्ञवालीले देवदह मेडिकल कलेजले निः शुल्क स्वास्थ्य शिविरको आयोजना गरेर आर्थिक अभावले औषधी उपचार गर्न समस्यामा परेको वर्गलाई ठूलो गुन लगाएको बताए ।
ग्रामीण इलाकादेखि सहरका विभिन्न स्थानहरुमा देवदह मेडिकल कलेजले बिपन्न बर्ग र आमसर्वसाधारण नागरिकको स्वास्थलाई ध्यानमा राखी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।