लुम्बिनी बोर्डिङ स्कुलद्वारा मृगौला पीडितलाई सहयोग

बुटवल, चैत ५ गते ।  बुटवलको चिडियाखोलामा सञ्चालित लुम्बिनी बोर्डिङ स्कुलले मृगौला पीडितलाई सहयोग गरेको छ । स्कुलले  सेवा नै धर्म हो भन्ने मूल मन्त्रलाई आत्मासात गर्दै   मृगौला पीडितलाई सहयोग गरेको हो ।    पाल्पा रैनादेवी छहरा स्थायी घरभई हाल बुटवल ३ गोल्पार्कमा बसोवास गर्ने २९ वर्षका मिलन लामताङ्गे मगर दुवै मृगौला असफल भई डायलाइसिस गराइरहनुभएको छ ।

आर्थिक अभावका कारण उपचारकमा समस्या भएको थाहा पाएपछि आर्थिक सहयोग गरिएको स्कुलका प्रसिन्सपल लालहरि पाण्डेले जानकारी गराए ।

मृत्युसँग लडिरहेका मिलन लामताङ्गे मगरको उपचारका लागि  सहयोग स्वरुप स्कुलमा अध्ययनरत विद्यार्थी, शिक्षक एवम् कर्मचारीहरुले आफ्नो खाजा खर्च कटाइ संकलित १३ हजार ६० रुपैयां सहयोग गरिएको हो ।