स्वतन्त्रताहरु

शुवास थापा

बुढीदेखि कान्छी औलोसम्म
अरठ्ठ मोजाले पोको पारिएर
चरप्प तुनाले कसेर‘
मेरो पाऊको स्वतन्त्रतालाई
एक जोर जुत्ताले आफु भित्र
बेस्मारी अधिनमा राखेको रहेछ !
सुरक्षाको नाऊमा सजाय पाईरहेको
कोठाभित्र थुनिएको बालक झै
मेरा निस्सासिएका पैतलाहरुले
पक–पक् पानी मागेको भान भो
असिन पसिन बनेर च्यापिएका
मेरा औलाहरुले..
स्वतन्त्रताको चित्कार गरे झै लाग्यो !
अनि फुस्काईदिए तुनाहरु
मिल्काईदिए मोजाहरु
र बनाईदिए स्वतन्त्र..निर्वाध
आज मस्त–फुरुगं छन् गोडाहरु
माटो,पानी,हिलोको मटिलो स्पर्शले
च्वास्सै काडै बिझे पनि..
खुशी छन् म र मेरा पैतलाहरु !!