नवज्योति स्कुलमा निर्वाचन विधिबाट मनिटर चुनियो

बुटवल, बैशाख २२ गते । रुपन्देहीको तिलोत्तमा ८ चार नम्बरमा सञ्चालित नवज्योति इङ्लिस बोर्डिङ स्कुलमा निर्वाचन विधिबाट मनिटर चुनिएको छ । कक्षा ४ देखि कक्षा १० सम्मका विद्दार्थीवीच प्रजातान्त्रिक विधि अनुसार मनिटर चुनिएको हो ।
विधालयको साप्ताहिक कार्यक्रम अन्तर्गत शैक्षिक सत्रको पहिलो कार्यक्रमको रुपमा नवज्योति इङ्लिस बोर्डिङ स्कुलले निर्वाचन विधिबाट प्रजातान्त्रिक विधि अनुसार मनिटर चुनेको हो ।कक्षा ४ देखि १० सम्मनिर्वाचन पद्धति अनुसार हरेक विद्दार्थीले मतपत्रको माध्यमबाट आफ्नो कक्षाको मनिटर चुनेका हुन् ।

विद्दार्थीलाई पनि राष्ट्रिय स्तरको नेता चुन्ने प्रक्रिया के कस्तो हुँदो रहेछ अथवा निर्वाचन विधिको प्रक्रिया के कस्ता हुँदा रहेछन् भन्ने कुराको जानकारी गराउने उद्येश्यले निर्वाचन प्रक्रिया विधि अपनाईएको प्रिन्सिपल टोपबहादुर केसीले जानकारी गराए ।

उक्त मनिटर चुन्ने कार्यक्रममा विद्दार्थीले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । विद्यालयका प्रमुख संयोजक सागर न्यौपानेको अध्यक्षतामा सम्पन्न मनिटर निर्वाचन कार्यक्रममा मावि शिक्षक सुरेस पङ्गेनी निर्वाचन संयोजक थिए । त्यस्तै निर्वाचन मण्डलमा मावि शिक्षिका शुष्मा कार्कीै र दिपिका थापा रहेका थिए ।
कार्यक्रम मावि संयोजक इन्द्रकुमार राईले सञ्चालन गरेको थिए ।