रुपन्देहीको सियारीमा शैक्षिक सामाग्री बितरण

बुटवल, बैशाख २४ गते । नेप्लीज अमेरिकन ल इन्फोर्समेन्ट एसोसियसनको आयोजना र रोट्रयाक्ट क्लब अफ बुटबल साउथको समन्वयमा रुपन्देहीको सियारीमा रहेको सिद्ध आधारभुत बिद्यालयमा शैक्षिक सामाग्री बितरण गरिएको छ ।

गरिब दुखिका छोरा छोरी पढ्ने बिद्यालयको छनोट गरी शैक्षिक सामाग्री सहयोग गरिएको रोट्रयाक्ट क्लब अफ बुटबल साउथका अध्यक्ष सुविन खड्काले बताए । बिद्यार्र्थीलाई कापी, किताव, झोला लगायत एक वर्षका लागि शैक्षिक सामाग्री बितरण गरिएको अध्यक्ष खड्काले जानकारी गराएका छन् ।

शैक्षिक सामाग्री वितरण्(ा कार्यक्रममा बोल्दै सियारी गाउंपालिका वडा नम्बर पांचका वडाध्यक्ष धनपती खरेलले शैक्षिक सामाग्रीको सहयोगले विद्यार्थीलाई पढ्नका लागि हौसला बढाउने बताए ।

नेप्लीज अमेरिकन ल इन्फोर्समेन्ट एसोसियसनका महासचिब रन्जीत गौलीले अमेरिकामा बस्दै आएका अमेरिकन आर्मी तथा सुरक्षाकर्र्मीमा आबद्ध भएका दाजुभाई दिदि बहिनिहरु मिलेर उठाएको रकमबाट बिद्यालय छनोट गरी किसान र मजदुरका छोरा छोरीलाई सहयोग गरिएको बताए । उनले आगमी दिनमा पनि शैक्षिक समाग्रीहरु सहयोग गर्दै जाने आश्वासन दिएका छन् ।

कार्यक्रममा बिद्यालयका प्रधानध्यापक रामअचल यादव,रोट्रयाक्ट डिष्टीकका डि आर इलेक्ट बिक्रम क्षेत्री, रोट्रयाक्ट क्लब अफ बुटबल साउथका पूर्व अध्यक्ष रितेस ज्ञावाली, ईलाका प्रहरी कार्यलय छपियाका प्रहरी नायक उपरिक्षक लोकबहादुर जीसी, नेप्लीज अमेरिकन ल इन्फोर्समेन्ट एसोसियसन नेपालका प्रतिनिधि एलिस तामाङ लगायतले आआफ्ना भनाइ राखेका थिए ।

संस्थाका अध्यक्ष अध्यक्ष सोनाम घिसिङले भर्चुअल माध्यमबाट शुभकामना मन्तव्य राखेका थिए । क्लवका अध्यक्ष सुविन खडकाको अध्यक्षयता र क्लवका सदस्य आयुषा थापा क्षेत्रीको सञ्चालनमा कार्यक्रम भएको थियो ।