नवज्योति स्कुलमा साहित्य मञ्च गठन

बुटवल, बैशाख २६ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ स्थित चार नम्बरमा सञ्चालित नवज्योति ईङलिस बोर्डिङ स्कुलमा नवज्योती साहित्य मञ्च गठन गरिएको छ ।

बिद्यार्थीमा रहेकोे आन्तरिक क्षमता र साहित्य चेतलाई उजागर गर्ने उद्देश्यले मञ्च गठन गरिएको अतिरिक्त क्रियाकलाप प्रमुख सुरेश पंगेनीले बताए । विद्यार्थी र शिक्षकको सहभागितामा भएको एक भेलाले दिपिका पाण्डे अध्यक्ष रहेको नवज्योती साहित्य मञ्च गठन गरिएको स्कुलका प्राचार्य टोपबहादुर केसीले नयांदिशालाइ जानकारी गराए ।
नवज्योती साहित्य मञ्चको उपाध्यक्ष  जस्मिन पुन, सचिव सुगम भुसाल सहसचिव दिप्सन पाण्डे, कोषध्यक्षःबिनिशा न्यौपाने रहेका छन् ।

त्यस्तै सदस्यहरुमा सुजित भन्डारी, रक्षा मिश्र, प्रसिद्ध गैरे, खडगबहादुर बस्नेत ,शुभम सुनार, संगम कुंवर, सम्राट राना,प्रीयोन्सी सुनाम, संस्कार पान्डे,रोजी भट्टराई,भुमिका ज्ञवाली,लक्ष्मी घिमिरे,सुप्रीना ढकाल,सभ्यता भन्डारी,सगुन पान्डे,अन्तरा ज्ञवाली,सबिन भट्टराई,सोनाक्षी रणपाल, स्मृति सापकोटा,अनिशा न्यौपाने,अबिस सापकोटा,सुवास खड्का, जेनी अर्याल,पूजा नेपाली र पुष्पा भट्टराई लगायत रहेका छन् ।

नवज्योती साहित्य मञ्चले स्कुलमा साहित्य कार्यक्रम सञ्चालन गर्ने साहित्य अन्तरगतका विभिन्न विद्यामा इच्छुक विद्यार्थीलाई समावेश गरी साहित्य गतिविधि सञ्चालन गर्ने छ । नवज्योति ईङलिस बोर्डिङ स्कुलले पढाईसंगै साहित्य, सांस्कृतिक, खेलकुंद, स्वास्थ्य तथा सरसफाईलगायतका विभिन्न विद्यामा विद्यार्थीका लागि रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।