नवज्योति स्कुलमा जुरेस गठन

बुटवल, बैशाख २८ गते । रुपन्देहीको तिलोत्तमा ननगरपालिका ८ स्थित ४ नम्बरमा सञ्चालित नवज्ज्योति इङ्गलिस बोर्डिङ्ग स्कुलमा नवज्योति जुनियर रेडक्रस सोसाइटी गठन गरिएको छ ।

विद्यार्थीलाई स्वास्थ्य सम्बन्धित विषयबस्तुमा चेतना दिलाउने, घरपरिवार र समाजमा कसरी स्वस्थता अपनाउने प्राथमिक उपचार सम्बन्धी ज्ञान, विद्यालयमा प्राथमिक उपचार सेवा, सहयोगको भावना आदि उद्देश्यले नवज्योति जुनियर रेडक्रस सोसाइटी गठन गरिएको माध्यमिक विद्यालय संयोजन हिमलाल चापागाँईले बताए ।

कक्षा ४ देखि १० सम्मका विद्यार्थी र शिक्षकको सहभागितामा भएको एक भेलाले शिक्षिका पुनम यादवको संरक्षकत्वमा पुष्पा भट्टराई अध्यक्ष रहेको जुनियर रेडक्रस सोसाइटी गठन गरिएको स्कुलका प्राचार्य टोपबहादुर केसीले जानकारी गराए ।

नवज्योति जुनियर रेडक्रस सोसाइटीको उपाध्यक्ष दिप्सन पाण्डे, सचिव सुबिना बि.क., सह–सचिव सभ्यता भण्डारी, कोषाध्यक्ष शुभम सुनार रहेका
छन् ।
त्यस्तै सदस्यहरुमा स्मृति सापकोटा, अनिसा न्यौपाने, अर्चना कुवँर, राजीब गैरे, सोनिका के.सी, राशी क्षेत्री, मधु कुवँर, अमिशा परियार, सबिना भट्टराई
प्रवेश क्षेत्री, अमृत भुसाल, संगम कुवँर, सगुन पाण्डे, रेजीना पंगेनी, सरिसा भट्टराइ र अविषेक ढकाल लगायत रहेका छन् ।