एकता समाजद्वारा भारतमा अलपत्र प्यूठानका युवकको उद्वार

बुटवल, असोज ११ । भारतमा अलपत्र परेका प्यूठानका एक युवकलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले उद्वार गरेको छ ।
प्युठान जिल्लाको नौवहिनी गाउंपालिका – ६ लुङ निवासी रामबहादुर केसीका ३८ वर्षिय छोरा ३८ मधु केसीलाई एकता समाजले उद्धार गरेको हो ।
रोजगारीको लागि भारतको अनुपगढ (राजस्थान) जांदै गर्दा दिल्लीमा मधु केसीसंग भएको नगद र मोबाइल चोरी भएपछि उनी अलपत्र परेका थिए । अलपत्र अवस्थामा भेटिएका मधुलाई कृष्ण बस सर्बिसले हिसारसम्म पुराएको थियो ।
मधु केसी हिसारमा मूल प्रवाहका कन्द्रिय सल्लाहकार तारा सोमरे र नगर सदस्य केहरसिंह घर्तीमगरको सम्पर्कमा आएका थिए ।
हिसार नगरले अनुपगढ राजस्थानसम्म आफन्तको सम्पर्कमा पुग्नेगरी आर्थिक सहयोग गरेर मधुको उद्धार गरिएको भारतस्थित सञ्चारकर्मी खिमराज चालिसेले जानकारी गराएका छन् ।