एक करोडको लागतमा मस्जिद र मदरसा निर्माण

 

 

भैरहवा/रुपन्देहीको सिद्धार्थनगर ११ शंकरपुरमा मस्जिदको पुनर्निर्माण भएको छ । २०६२ सालमा निर्माण भएको मस्जिद हाल निर्माणधिन गौतमबुद्ध विमानस्थलको अधिग्रहणमा परे पछि मदरसा सहितको मस्जिद विधिवत रुपमा शुभारम्भ भएको हो ।
२ कठ्ठा ६ धुर क्षेत्रफलमा करिब एक करोडको लागतमा मदरसा र मस्जिद निर्माण भएको मदरसा अरवियिा अहले सुन्नत नुरुल ओलुमका अध्यक्ष मोहम्मद मुस्तफाले बताउनु भयो । बाल विकास देखि कक्षा ५ सम्म पढाई हुने र एकै साथ २ सय जना सम्म सामूहिक प्रर्थाना गर्न सक्नेगरी मस्जिदको निर्माण भएको छ, शुक्रबार जुमाको नमाज पढाएर मस्जिद शुभारम्भ भएको छ अब यहाँ नियमित दैनिक ५ पटक नमाज हुन्छ अध्यक्ष मुस्तफाले भन्नु भयो ।
विमानस्थलको मुअब्जा वापत आएको ७० लाख, सिद्धार्थनगर वडा समिति मार्फत आएको ५ लाख र स्थानीय मुस्लिम समुदायको आर्थिक सहायतामा मस्जिद तथा मदरसा निर्माण भएको मदरसा व्यवस्थापन समितिले जानकारी दिएको छ ।
मस्जिदको निर्माण पश्चात अब शंकरपुरका साथै वरपर धर्मपुर, कचरिहवा आसपासका मुस्लिम समुदायले साम्हिक प्रार्थना गर्न पाउनेछन । कक्षा ५ सम्म मुस्लिम दिनीयात तालिम सहितको नेपाली पाठ्यक्रममा आधारित शिक्षा मदरसाबाट प्राप्त हुने समितिले जानकारी दिएको छ ।