भुसाल परिवारद्वारा आश्रममा आश्रितलाइ सहयोग

बुटवल, भदौ २६ । बुवा आमाको स्मृतिमा रुन्देहीको सैनामैना निवासी भुसाल परिवारले बुटवलको मानव सेवा आश्रममा आश्रितहरुलाइ खाना खुवाउनुका साथै सहयोग गरेको छ ।सैनामैना नगरपालिका १ वर्माचोक निवासी लोकराज भुसाल र कमला बञ्जाडे भुसालले शुक्रबार मानव सेवा आश्रममा आश्रित ८१ जनालाइ खाना खुवाएका हुन् ।
आफ्ना स्व. बुवा आमाको स्मृतिमा भुसाल परिवारले खाना खुवाउनुका साथै १० हजार सहयोग प्रदान गरेको हो । हजरबुवा ताराप्रसाद भुसाल,बुवा चुरामणि भुसाल ,जेठाबुवा.टिकराम भुसाल, माइला बुवा टुल्किराम भुसाल, ससुराबुवा कुलानन्दबन्जाडेको स्मृतिमा आश्रममा आश्रितहरुलाइ खाना खुवाइएको लोकराज भुसालले जानकारी गराए ।
आश्रमको तर्फबाट शेरबहादुर गौतमले दिन दुखी, गरिव तथा विपन्नहरुलाई सहयोग गर्नुनै मानवी धर्म भएकाले मानवीय धर्मप्रति सबैको ध्यान जान जरुरी रहेको भन्दै भुसाल परिवारलाई धन्यबाद ज्ञापन गरे ।
साविकको अर्घाखांची बांगी हाल मालारानी ५ का पूर्व निवासी लोकराज भुसाल अखिल नेपाल ट्रेडयुनियन महासंघका केन्द्रीय अध्यक्ष एवं डब्लु एफटियु समन्बय समिती नेपालका सचिबालय सदस्य हुनुहुन्छ, भने कमला बन्जाडे अखिल नेपाल शिक्षक संघको केन्द्रिय उपाध्यक्ष हुनुहुन्छ । भुसाल परिवारले बेलाबेलामा आश्रममा आश्रितहरुलाई सहयोग गर्नुका साथै खाना खुवाउने गर्दै आएको छ ।